Welcome, Guest Log In Sign Up  

रामहरी श्रेष्ठको हत्याको सर्वत्र निन्दा

dineshby dinesh
Sat May 17, 2008 10:20 am NST

नेकपा माओवादी कार्यकर्ताहरुद्धारा गरिएको व्यापारी रामहरी श्रेष्ठको हत्याको सर्वत्र निन्दा भएको छ । हत्याका विरुद्धमा हिजो कोटेश्वर र वानेश्वर क्षेत्र बन्द भयो भने आज पनि त्यस क्षेत्र अस्तव्यस्त अवस्थामा रहेको छ ।

कोटेश्वरका रेष्टुराँ व्यापारी रामहरी श्रेष्ठको हत्याको विरोधमा कोटेश्वरकै ज्ञानबहादुर श्रेष्ठको संयोजकत्वमा संघर्ष समिति गठन गरी विभिन्न विरोध कार्यक्रमहरु गर्ने तय भएको छ । यस अन्तर्गत आज प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला र नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाइ ज्ञापनपत्र बुझाउने भएका छन् ।

मृतक श्रेष्ठलाई गत वैशाख १५ गते घरबाट अपहरण गरिएको थियो भने गत वैशाख २८ गते चितवन माओवादी शिविरमा हत्या गरी त्रिशुली नदीमा बगाइएको थियो ।


Post a reply

Related Stories
आज श्रेष्ठको दाहसंस्कार
रामहरिको शव फेला पर्‍यो
व्यवसायी श्रेष्ठको हत्या प्रतिवेदन सार्वजनिक
आज उपत्यका बन्द

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com