Welcome, Guest Log In Sign Up  

ऐतिहासिक पोखरी नीजिकरणको विरोध

rnby rn
Fri May 16, 2008 3:00 pm NST

ललितपुरको लगनखेलमा अवस्थित सप्तपाटाल पोखरी नीजिकरण गरी ब्यापारीक कम्प्लेक्स बनाउन लागेको विरोधमा लगनखेल वातावरण सुधार संघको अगुवाइमा स्थानीयबासिन्दाले बिहीवार टायर बाली बिरोध प्रदर्शन गरेका छन् ।

सप्तपाटोल पोखरी ललितपुरको नमूना मच्छिन्द्र उच्च माबिले नीजिकरण गरी लालपुर्जा बनाएकोमा स्थानीय बासिन्दाले बिरोध गरी २०६१ सालमा सर्वोच्च अदालतमा मुद्दा दायर गरेकोमा सर्वोच्च अदालतले २०६१ साल माघ १० गते पोखरीलाइ पहिलेकै रुपमा ल्याउन र नीजिकरण गर्न नपाउने गरी परमादेश जारी गरेको र पुरातत्व विभागले पोखरीलाइ पहिलेकै रुपमा ल्याउन काम सुरु गर्न पत्र समेत पठाइसकेको छ । सोही अनुरुप पोखरीमा बनाउन लागेको ब्यापारीक कम्प्लेक्सको जग भत्काइ पोखरीलाइ पुरानो रुप दिन जिल्ला प्रशासन कार्यालयमा जानकारी पत्र दर्ता गराउन जाँदा जिल्ला प्रशासन कार्यालयले पत्र दर्ता गर्न नमानेको र ब्यापारीक कम्प्लेक्सको जग भत्काउन लाग्दा प्रहरीलॆ हस्तक्षपे गरेको विरोधमा स्थानीय बासिन्दाले सडकमा टारय बाली बिरोध प्रदर्शन गरेको थियो ।

१४ रोपनी १० अना २ पैसा क्षेत्रफलमा फैलिएको यो पोखरी अहिले पानी सुकेर सुख्खा अवस्थामा रहेको छ भने ब्यापारीक कम्प्लेक्स बनाउन जग हालेको अवस्थामा छ । यो पोखरीमा पाटनको रातो मच्छिन्द्रनाथको रथ जात्रा सम्पन्न गरी यमलोकमा संदेश पठाउने परम्परा अनुसार दुइवटा माछा छोड्नुपर्ने हुनाले पनि यो एतिहासिक पोखरीलाइ संरक्षण गर्न स्थानीय वासिन्दा र ललितपुर वातावरण सधार संघले प्रशासनिक बललाइ दबाउन आन्दोलन गरेको हो । सडकमा टायर बाली प्रदर्शन गरेको कारण बिहीवार दिनभरि लगनखेलवाट सातदोवाटो हुँदै चल्ने गाडी चल्न सकेन भने प्रदर्शनको क्रममा सो क्षेत्र केहीबेर तनावग्रस्त बनेको थियो ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com