Welcome, Guest Log In Sign Up  

यातायात व्यवसायीले इटहरीमा गाडी तोडफोड

rnby rn
Wed May 14, 2008 3:02 pm NST

आफूहरुको माग प्रति सरकार गम्भीर नभएको भन्दै हिजोदेखि नेपाल यातायात ब्यवसायी महासंघले पूर्वाञ्चलमा गरेको सार्वजनिक यातायात बन्द आज पनि कायमै रह्यो । आज बन्दको अवज्ञा गरेको भन्दै यातायात व्यवसायीले इटहरीमा केही गाडी तोडफोड गरेका छन् । व्यवसायीले काठमाडौंबाट इटहरी जाँदै गरेको ना २ ख २६२६ र ना १ ख ८११ नंम्बरको बसमा तोडफोड गरेका छन् । त्यस्तै को १ ख ७९३ ना ३ ख ५८५८ र ना २ ख ३०१० नम्बरको ट्रकमा समेत तोडफोड गरेको हाम्रा सहकर्मीले बताएका छन् ।

त्यसै गरी इटहरीबाट इलामतर्फ जाँदै गरेको मे १ च ५१२ नम्बरको एम्बुलेन्स पनि यातायात व्यवशायीले नियन्त्रणमा लिएका छन् । विभिन्न माग राखी आन्दोलित यातायात व्यवशायीले आब्हान गरेको बन्दका कारण आज पनि जनकपुरदेखि पूर्वको यातायात ठप्प छ ।

यसैबीच बर्दियाको गुलरीया नेपालगाज सडक खण्ड पनि अवरुद्ध भएको छ । नेपालगंजबाट गुलरीया गइरहेको ना २ ख १९५१ नम्वरको ट्रकले ठक्कर दिंदा गम्भिर घाइते भएका स्थानीय जीतराम थारुको नेपालगंजमा उपचार गर्न लैजादै गर्दा बाटोमा मृत्यु भएपछि उनका आफन्त र स्थानीयवासीले सडक अवरुद्ध गरेका हुन् । त्यस्तै महेन्द्रनगरको पश्चिमी सिमानाका गड्डा चौकीमा आवागमन बन्द भएको छ ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com