Welcome, Guest Log In Sign Up  

मन्त्री देव गुरुङको प्रस्तावमा एमालेको असहमति

rajuby raju
Fri Jan 25, 2008 1:38 pm NST

सात राजनीतिक दल र संसदमा प्रतिनिधित्व गर्ने दलको सहभागितामा स्थानीय निकाय संचालन
गर्ने स्थानीय विकास मन्त्री देव गुरुङको प्रस्तावमाथि एमालेले असहमति जाहेर गरेको छ । स्थानीय निकाय साचालनका बारे सहमति जुटाउन आज विहान माओवादी पार्टी कार्यालय बुद्धनगरमा बसेको बैठकमा स्थानीय विकास मन्त्री देव गुरुङले संविधानसभा चुनाव अघि नै संसदमा प्रतिनिधत्व भएका दलको सहिभागितामा स्थानीय निकाय गठन गर्न प्रस्ताव गर्नुभएको थियो । तर एमालेले असहमति जाहेर गरेपछि सहमति जुट्न सकेन ।

कर्मचारी संयन्त्रबाट स्थानीय निकाय संचालन गर्न नहुने भन्दै साझा संयन्त्र बनाउन पहल गरिने स्थानिय विकास मन्त्री देव गुरुङले जानकारी दिनु भयो । बैठकमा सहभागि एमाले नेता राजेन्द्र पाण्डेले स्थानीय निकायको गठन २०५४ सालको स्थानीय चुनावको परिणाम अनुसार गर्नुपर्ने भन्दै स्थानीय विकास मन्त्रीको प्रस्तावमा असहमति जाहेर गरेको बताउनु भयो । बिभिन्न चरणमा स्थानीय निकाय गठनका सम्बन्धमा छलफल भएपनि सहमति जुट्न सकेको छैन । आईतवार बस्ने कार्यदलको आगामी
बैठकबाट स्थानीय निकाय साचालनका लागि सहमति जुटाउने प्रयास हुने काँग्रेस नेता प्रकाशशरण महतले बताउनु भयो ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com