Welcome, Guest Log In Sign Up  

पत्रकार महासंघमा २७ लाख भ्रष्टाचारको आरोप : मतदान अवरुद्ध

rajendraby rajendra
Sun May 4, 2008 9:38 am NST

अपडेट चर्को विरोधपछि मतदान प्रकृया रोकी आर्थिक प्रतिवेदनका विषयमा छलफल गर्न बन्द सत्र शुरु गरिएको छ ।

नेपाल पत्रकार महासंघभित्र व्यापक आर्थिक हिनामिना भएको र करिव २७ लाखको भ्रष्टाचार भएको भन्दै पत्रकारहरुले अहिले विरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा चर्को नारावाजीकासाथ विरोध गरिरहेका छन् । महासंघको जारी महाधिवेशनको क्रममा कोषाध्यक्ष हेमन्त काफ्लेले हिजो प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित नभइ बन्द सत्र सुचारु हुन नसकेपछि सो प्रतिवेदन पारित नभइकन अहिले मतदान हुन नहुने भन्दै पत्रकारहरु सडकमा उत्रेका हुन् ।

पूर्वघोषित निर्वाचन कार्यक्रम अनुसार अहिले बिहान आठ बजेदेखि मतदान हुनुपर्ने भएता पनि पहिले बन्दसत्रबाट आर्थिक प्रतिवेदन पारित हुनुपर्ने माग सम्पूर्ण संचारकर्मीहरुले गरिरहेका छन् । हिजो प्रस्तुत आर्थिक प्रतिवेदनका विषयमा कार्यसमितिका कुनै पनि सदस्यले अहिलेसम्म स्पष्टिकरण दिएका छैनन् ।


Post a reply

Related Stories
पत्रकार महासंघमा नयाँ नेतृत्व
पत्रकार महासंघको अधिवेशन शुरु

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com