Welcome, Guest Log In Sign Up  

नलिना बाहिरिन्

safalataby safalata
Sat May 3, 2008 12:59 pm NST

मधेसी जन अधिकार फोरमबाट संविधान सभा निर्वाचनका लागि समानुपातिक तर्फ उम्मेदवार बनेकी गायिका नलिना चित्रकार अन्ततः संविधानसभा सभासद बन्न नपाउने भएकी छिन् । यस अघि सभासद् बन्ने प्रायः पक्का पक्की भएको व्यापक हल्ला चले पनि हिजो फोरमले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सभासद सूचीमा नलिनाको नाम निकालिएको छ ।

उम्मेदवार बनेपछि नलिना र उनका पति सञ्जीव मिश्र निर्वाचनको लागि व्यापक प्रचारप्रसारमा लागेका थिए । आफू सभासद बनेमा कलाकारका हकहितका लागि संविधानमा नै नयाँ व्यवस्थाको लागि पहल गर्ने उनले बताएकी थिइन् ।

त्यस्तै नेपाली कांग्रेसबाट समानुपातिकमा उम्मेदवार बनेका देउडा गायक नन्दकृष्ण जोशीलाई पनि विजयी सूचीमा पारेको छैन । लोकतान्त्रिक आन्दोलनमा उनले देउडा गाएर ख्याति कमाएका थिए ।


Post a reply

More Stories Like this
आज फेव्रुअरी १४ सन्त भ्यालेन्टाइनको सम्झनामा फूल र उपहार साटासाट गरी विश्वभर प्रेम दिवस मनाइँदै
जिवित देवी कुमारीको जात्रा - इन्द्रजात्रा
माया प्रेमको उत्सव रंगको महोत्सव होली पर्व चीर गाडेर सुरु
३६ जना छानिए मिस नेवाः २००९ को लागि
भक्तपुरमा यौन पर्यटनको तयारी

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com