Welcome, Guest Log In Sign Up  

भक्तपुरमा यौन पर्यटनको तयारी

द्धन्दको समयमा नेपालका ग्रामीण क्षेत्रका युवतीहरु भागेर सहरी क्षेत्रमा पलायन भएका थिए । यिनीहरु मध्ये केही भक्तपुरका सुर्यबिनायक डाँगाचा डेकोचा सल्लाघारी लिवाली कमलबिनायक ब्यासी नगरका भित्रीभाग र डेकोचामा बसेर यौन ब्यापार सग्लग्न हुने गरेका छन् । बाध्यताबस यस पेसा संग्लग्न भएकाहरु गाउँ फर्किने अबस्था अझै पनि छैन । सरकारले ल्याएको २०११ सालमा ल्याउने १० लाख पर्यटकहरु मध्ये केही आफ्नो ग्राहक बन्न कुरामा भक्तपुरका यौनकर्मी महिलाहरु ढुक्क छन् । उनीहरु मध्ये केहीले यहाँका केही ठुला होटेलहरुको सम्पर्कमा बिदेसी ग्राहक अहिले पनि पाइरहेको कुरा सुनाए ।

हालसम्म गैरकानुनी रुपमा रहेको यो ब्यबसायको बारेमा खुलेर बहस गर्न यहाँका पर्यटन ब्यबसायीहरु तयार छैनन् । नाम उल्लेख गर्न नचाहने एक पर्यटन ब्यबसायीका अनुसार भक्तपुरमा प्रचार गरिएको सास्कृतिक पर्यटनको स्कोप नसकिसकेकोले यौन पर्यटनलाई नै मुल उदेश्य लिए मात्र यहाँको पर्यटन उद्योग धान्न सकिने दाबी गरे ।

यहाँका पर्यटन ब्यबसायीहरुले भक्तपुरलाई नयाँ पदयात्रा गन्तब्य बनाउन खोजे पनि यहाँको प्रदुशित बाताबरणको कारण बाताबरणबिदहरुले असँम्भव हुने बताए । चारैतिर भट्टाले घेरिएको जिल्लामा पर्यापर्यटनको कुरा हाँसोको बिषय भएको छ । भट्टा ब्यबसाय आरालो लागे पछि पर्यटन ब्यबसायमा आएका ब्यक्तिहरु नै अहिले पर्यापर्यटनको मन्त्र जपेर बसेका छन् ।

यहाँका अधिकास यौनकर्मी बिगतमा माओबादीको कारण बिस्थापित भएका हुन । अव माओबादीले ल्याएको २०११ मा तिनीहरुले यौनकर्मी कै हैसियतमा बिदेसी ग्राहकलाई सेवा गर्न पाउने इच्छा राखेका छन् । माओबादी कार्यकर्ताहरुसंग उनीहरुले यस कुरा जानकारी गराइ यौन पेसालाई कानुनी गर्न माग गरेका छन् । पर्यटन उद्योगलाई देशको मुख्य उद्योग मानेका देशहरुमा यौन पेसालाई बैधानिकता दिइएको छ । नेपालका पर्यटन ब्यबसायीहरुले पनि २०११ सम्ममा यो पेसालाई बैधानिक नदिए यहाँ पर्यटन उद्योग नफस्टाउने दाबी गरेका छन् ।

भक्तपुरको भित्री क्षेत्रमा रात्री समय बिताउन पर्यटकहरुले रुचि नदेखाउदा यहाँ यौन पर्यटन बिकास गर्न बाधा रहेको पर्यटन ब्यबसायीहरु बताउछन् । हालसम्म त काठमाण्डौं बाटै यौनकर्मी झिकाइ यौनको लागि आउने पर्यटकहरु नगरकोटतिर जाने गरेका छन् । आगामी दिन नगरकोटले मात्र यौन पर्यटकहरु धान्न नसकिने भए पछि भने जिल्लाका कटुाजे सिपाडोल र नगरकोट हुदै मेलम्ची फुलचोकी धुलिखेल गोदावरी पनौती र साँखु जाने पदमार्गहरु साचालन गर्न तर्फ यहाँका पर्यटन ब्यबसायीहरु लागि परेका छन् । बाटोमा पर्ने क्षेत्रहरुमा यौन गन्तब्यहरुको निमार्ण गर्ने उनीहरुको लक्ष्य छ ।

- रविन राचलिका


Comments

prosiby prosi
Wed Nov 4, 2009 2:17 am NST
How is this an Entertainment news? :o



Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com