Welcome, Guest Log In Sign Up  

अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनका लागि न्यूयोर्क व्यस्त

अगष्ट १५ आयोजना हुने अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको तयरीमा न्यूयोर्क जुटेको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आयोजना तथा न्यूयोर्क च्याप्टरको तत्वावधानमा हुन गइरहेको सो सम्मेलनको तयारीका लागि च्याप्टरले विभिन्न उपसमितिहरु गठन गरेको छ ।

प्राप्त जानकारी अनुसार मिलन शाहीको संयोजकत्वमा साँस्कृतिक कार्यक्रम हुने र बसोबासको संयोजकत्व परिता राजभण्डारीले गर्नु हुने छ । त्यसैगरी खानपिन व्यवस्थापनका लागि नर्मदा क्षेत्रीले संयोजकत्व गर्नु हुनेछ भने आगन्तुक रजिष्ट्रेशन व्यवस्थापनमा पुनम काफ्लेले संयोजन गर्नु हुनेछ भने उपहार तथा व्याज व्यवस्थापन विनोद रोका र राजेन्द्र श्रेष्ठको संयोजकत्व तथा सहभागितामा हुनेछ ।

आर्थिक व्यवस्थापन तथा संकलन समाजकी केन्द्रीय कोषाध्यक्ष तथा आर्थिक समितिकी सहसंयोजक कमला प्रसाईको संयोजकत्वा पुष्प शर्मा मणि वाङ्देल मीठू थापा संजय थापा र सीता खरेल सदस्य रहेको उपसमितिबाट हुने छ ।

सम्मेलनलाई सफल बनाउनका लागि अमेरिकास्थित नेपाली भाषा तथा मूलका सम्पूर्ण संचार माध्यमहरुको सकि्रय सहभागिता तथा संचार व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले हार्दिक अपील पनि गरेको छ ।

सम्मेलनमा नेपाली भाषा-साहित्यका वारेमा विभिन्न बहस छलफल तथा प्रस्तुतिहरु रहने, गीत, कविता, गजल आदि श्रवण कार्यक्रम एवं साँस्कृतिक कार्यक्रम समेत हुने बताइएको छ । अमेरिकामा पहिलो पटक हुन गइरहेको सम्मेलनमा नेपाल भारत लगायत विश्वका विभिन्न देशमा छरिएर रहेका नेपाली भाषी लेखक तथा कविहरुको सहभागिता उल्लेख्य रहने आशा आयोजक संस्थाले गरेको छ ।


Post a reply

More Stories Like this
नेपाली मूलका दर्शन रौनियारले अमेरिकी कांग्रेसमा उमेद्वारी
मायाको डोरीले बाँधे दीपकले सियाटललाई
भिजिट नेपाल २०११ प्रवर्द्धनका लागि सियाटलमा भव्य कार्यक्रम
जापानमा रेस्टुरेन्ट ब्यवसायीहरु सङठित
जापानमा लोकतन्त्र दिवस भव्यताका साथ सम्पन्न

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com