Welcome, Guest Log In Sign Up  

आज अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवस

dineshby dinesh
Sat May 3, 2008 10:55 am NST

आज मे ३ तारिख । आजको दिनलार्इ अन्तर्राष्ट्रिय प्रेस स्वतन्तत्रा दिवसका रुपमा विश्वभर मनाउने गरिन्छ। सन् १९९३ मा संयुक्त राष्ट्र संघले प्रत्येक वर्ष आजकै दिनलाई अन्तर्राष्ट्रिय प्रेस स्वतन्तत्रा दिवसका रुपमा मनाउने घोषणा गरेको थियो ।

प्रेस स्वतन्त्रता दिवसको उपलक्ष्यमा सूचना तथा संचार मन्त्री कृष्णबहादुर महराले प्रेस स्वतन्त्रतालाई जनताको मौलिक अधिकारका रुपमा सधैं सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रेस स्वतन्त्रता दिवसकै उपलक्ष्यमा संयुक्त राष्ट्र संघका महासचिव बान की मुनले प्रेस शुभकामना दिँदै सूचना पाउने अधिकार बाँच्नका लागि पानी चाहिए जत्तिकै महत्वपूर्ण भएको बताएका छन् । विज्ञप्तिमा भनिएको छ - 'स्वतन्त्र, सुरक्षित र आत्मनिर्भर सञ्चारमाध्यम शान्ति र लोकतन्त्रको जग हो । ' वक्तव्यमा अगाडि भनिएको छ - 'सूचनाको निर्वाद प्रवाहले जनताले आफ्नो जीवन आफ्नै वशमा राख्न सक्ने छन् । जब राजनीतिक वा प्राविधिक कारण सूचना कुण्ठित हुन्छ, जनताको काम गर्ने क्षमतामै धक्का पुग्छ ।'


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com