Welcome, Guest Log In Sign Up  

संविधानसभामा तेस्रो लिङ्गी पनि समावेश

rajendraby rajendra
Sat May 3, 2008 9:55 am NST

संविधानसभामा तेस्रो लिङ्गी सभासद्को पनि सहभागीता रहने भएको छ । नेकपा संयुक्तले आफूले जितेको पाँच सिटमध्येबाट तेस्रो लिङ्गी सुनिलबाबु पन्तलाई समानुपातिक तर्फ सभासद्को रुपमा चयन गरेर पठाएको छ ।

सम्पन्न संविधानसभा निर्वाचनका लागि पन्त नेकपा संयुक्तबाट समानुपातिकतर्फ उम्मेदवार बनेका थिए भने यस पटक तेस्रो लिङ्गीहरु नेपालगञ्ज क्षेत्र नं ३ बाट राजव अली, सुनसरी क्षेत्र नं १ बाट दीपक राई, सुनसरी क्षेत्र नं २ बाट सुदनारायण चौधरी, सुनसरी क्षेत्र नं ६ बाट श्रवण चौधरी, रुपन्देही क्षेत्र नं ४ बाट शन्तबहादुर पुन, रुपन्देही क्षेत्र नं २ बाट रामकृष्ण गुरुङ, पोखरा क्षेत्र नं ४ बाट मीनबहादुर गुरुङ, सप्तरी क्षेत्र नं १ बाट इन्द्रनारायण लेखी थारु, विरगञ्ज क्षेत्र नं १ बाट विजय महतो कोइरी र स्याञ्जा क्षेत्र नं १ बाट रुद्रबहादुर थापाले उम्मेदवारी दिएका थिए । त्यस्तै दिलकुमारी पुन नेपाल विकास पार्टीबाट समानुपातिक उम्मेदवारी दिएका थिए ।

अन्य उम्मेदवारहरु निर्वाचनमा विजयी नबने पनि पन्तको सहभागीता संविधानसभामा उल्लेखनीय बन्ने भएको छ ।
पन्त समलिङ्गी हकहितका समर्पित संस्था ब्लु डायमण्ड सोसाइटीका संस्थापक हुन् ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com