Welcome, Guest Log In Sign Up  

दुई संस्कृतिकर्मी अस्ताए

subhashby subhash
Thu May 1, 2008 11:53 am NST

नेपाली संस्कृतिका दुई साधकहरु - सुवि शाह र लीलाभक्त मुनंकर्मी अब हामी माझ रहेनन् । नेपाली लोक संगीतका अन्वेषक र कलाकार सुवि शाह गत शनिवार र संस्कृतिविद् इतिहासकार लीलभक्त मुनंकर्मी सोमबार हामीबाट टाढिएका छन् ।

नेपाली लोक संगीतको अध्ययन अनुसन्धानमा आफ्नो जीवन समर्पण गरेका सुवि शाह (सुरेन्द्रविक्रम शाह) स्वयम् एक प्रतिभावान कलाकार थिए । उनी बाँसुरी, मादल र मुर्चुङ्गाका कुशल वादक थिए । उनको कृति 'मादल' पुस्तकले नेपाली लोक संगीत अनुसन्धानमा ठूलो मूल्य राख्दछ ।

इतिहासकार लीलाभक्त मुनंकर्मी स्वाध्यायनबाट इतिहास र संस्कृति अन्वेषणमा उदाएका व्यक्ति हुन् । नेपाली इतिहास र संस्कृतिमा अध्ययनमा आफ्नो जीवनको अधिकांश समय व्यतीत गरेका उनका 'तुलजा भवानीको थापूजा र पर्वपूजा विधि', 'मध्यकालीन इतिहास', 'नेपालको ऐतिहासिक तथा सांस्कृतिक दर्पण', 'बिस्केट जात्राको संस्कृति', 'भूपतीन्द्र मल्लका कृति तथा अभिलेखहरु', 'संक्षिप्त मातृका वर्णन तथा देवीनाच' आदि गरी एक दर्जनभन्दा बढि कृति प्रकाशित छन् ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com