Welcome, Guest Log In Sign Up  

सुशिल कोइरालालाई सिरहामा कालोझण्डा

rajuby raju
Thu Jan 24, 2008 3:43 pm NST

संविधानसभा चुनावको प्रचारप्रसार र कार्यकर्ता भेलालाई सम्वोधन गर्न तराइ भ्रमणमा रहनुभएका नेपाली काँग्रेसका कार्यवाहक सभापति सुशिल कोइरालालाई सिरहामा कालोझण्डा देखाइएको छ ।
आज विहान ११ बजे सिरहाको जिल्ला विकास समिति कार्यालय पुग्दा कार्यबाहक सभापति कोइरालाई मधेशी जनअधिकार फोरम सद्भावना र तराइ मधेश लोकतान्त्रिक पार्टीका कार्यकर्ताले कालो झण्डा देखाएका हुन् ।

झण्डै ६० जनाले कालोझण्डा देखाउँदै नाराबाजी गरेको हाम्रा स्थानीय सहकर्मीले जनाएका छन् । कोइरालासँग काँग्रेसका नेता प्रकाशमानसिह र रामवरण यादव पनि सिरहा पुग्नुभएको थियो । यसअघि जलेश्वर र जनकपुरमा पनि कोइरालालाई कालो झण्डा देखाइएको थियो । यसैबीच जनकपुरको शिवचोकमा आज संयुक्त मधेशी मोर्चा र प्रहरीबीच झडप भएको छ । हिजो जनकपूरमा मोर्चाका कार्यकर्ताले काँग्रेसका कार्यबाहक सभापति कोइरालालाई कालोझण्डा देखाउने क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरी हस्तक्षेपको विरोध गर्दै मोर्चाले आज जनकपूर बन्दको आह्वान गरेको थियो । बन्द गराउदै हिडेका कार्यकर्ता र प्रहरीबीच आज जनकपूरको शिवचोकमा झडप भएको हाम्रा स्थानीय सहकर्मीले जनाएका छन् ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com