Welcome, Guest Log In Sign Up  

मजदुर : राष्ट्र निर्माणको प्रमुख संवाहक

dineshby dinesh
Thu May 1, 2008 10:28 am NST

आज विश्व मजदुर दिवश नेपालमा पनि विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । यसै अवसरमा प्रम गिरिजाप्रसाद कोइरालाले शुभकामना सन्देश जारी गरेका छन्, जसमा भनिएको छ - मजदुर राष्ट्र निर्माणको प्रमुख संवाहक हुन् ।

प्रम कोइरालाले मुलुकमा भइरहेको वेरोजगारी अभाव गरिबी जस्ता समस्यामा सजग व संवेदनशील बन्नुपर्ने जाँगर दक्षता र क्षमताका साथ मजदुरहरु अगाडी बढ्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

यसै गरी मजदुर दिवसका उपलक्ष्यमा श्रममन्त्री रमेश लेखकले एक वक्तव्य जारी गरी श्रमिकहरुको अधिकारको सुनिश्चितता सामाजिक सुरक्षाको प्रत्याभूति औद्योगिक सम्वन्धमा सुधार लगायतका मुद्दाहरुप्रति सरकार प्रतिबद्ध रहेको बताएको छ । मजदुर दिवसकै उपलक्ष्यमा नेपाली कांग्रेस नेकपा, एमाले लगायतका राजनैतिक दलहरु र विभिन्न श्रम संगठनहरुले वक्तव्य जारी गरी शुभकामना व्यक्त गरेका छन् ।

सन १८८६ मे १ मा अमेरिकाको सिकागो शहरमा मजदुरहरुले आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग राख्दै पहिलोपटक आन्दोलनमा उत्रिएको दिनको सम्झनामा आजको दिन मे १ - मजदुर दिवसका रुपमा मनाउने गरिन्छ ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com