Welcome, Guest Log In Sign Up  

टेलिकमले ल्यायो एडिएसएल इन्टरनेट सेवा

subhashby subhash
Tue Apr 29, 2008 10:30 am NST

नेपाल टेलिकमले आजदेखि एडिएसएल इन्टरनेट सेवा शुरु गरेको छ । यस सेवाको शुरुवातसँगै अब नेपालमा सस्तो बोर्डब्याण्ड इन्टरनेट सेवा थालनी भएको छ ।

हाललाई काठमाडौं उपत्यकामा सेवा सुविधा सीमित गरिएको यस सेवा आगामी तीन वर्षभित्रमा मुलुकभर पुर् याउने लक्ष्य नेपाल टेलिकमले लिएको छ । हाल टेलिकमले एडिएसएल सेवा अन्तर्गत हाई स्पीडको इन्टरनेट सेवा प्रदान गर्दैछ भने यसमा छिट्टै भीपीएन, मल्टिकास्टिङ, भिडीयो कन्फरेन्सिङ, भिडियो अन डिमान्ड आदि सेवाहरु पनि थपिने जानकारी टेलिकमले दिएको छ ।

नेपाल दूरसंचार प्राधिकरणको अनुमति र सेवा शुल्क निर्धारण पछि शुरु भएको यस सेवामा १२८ केविपीएस स्पीड भएको इन्टरनेट सेवा शुल्क मासिक नौ सय र २५६ केविपिएस स्पीड भएको इन्टरनेट सेवा शुल्क मासिक १५ सय तोकिएको छ । स्मरणीय छ वल्र्डलिन्कले ८८ केविपीएस स्पीडको इन्टरनेट सेवाको लागि मासिक पाँच हजार र मर्कन्टाइलले १२८ केविपीएस स्पीडको सेवाको लागि साढे सात हजार मासिक शुल्क लिंदै आएको छ ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com