Welcome, Guest Log In Sign Up  

कसले सुन्ने मुकेशहरुको चित्कार ?

safalataby safalata
Thu Apr 24, 2008 11:40 am NST

जनताले शासनसत्ता आफ्नो हातमा लिएको दुई वर्ष पुगेको उपलक्ष्यमा दोस्रो लोकतन्त्र दिवस हर्षोल्लासका साथ मनाइयो । प्रभातफेरी, विभिन्न खेलकूद, प्रमको चियापान कार्यक्रमसाथै दिपावली सहित हिजोको दिन बित्यो । तर यस खुशी ल्याउने क्रममा शहिद भएका कतिपय परिवारजन र धेरै घाइतेहरु अझै पनि उपेक्षित अवस्थामै रहेका छन् ।

जन आन्दोलन २ का क्रममा घाइते भएका बनेपा विद्यासागर बोर्डिङ स्कूलमा अध्ययनरत १५ वर्षीय किशोर मुकेश कायस्थ अहिलेसम्म पनि अचेत अवस्थामैं छन् । जनआन्दोलनको क्रममा उनलाई २०६२ चैत २७ गते कन्चटमा गोली लागेको थियो । गोली लागेपछि बेहोश भएका उनलाई हालसम्म पनि होश आएको छैन । उनी आफ्नै सुरमा हाँस्ने र रुने मात्रै गरिरहन्छन् । जनआन्दोलनका क्रममा घाइते भइ उपेक्षित बनेका उनी मात्रै होइनन् । आखिर कसले सुन्ने हो यी मुकेशहरुका चित्कारर ? के यो सबै राजनैतिक दलहरुको दायित्व होइन र ?


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com