Welcome, Guest Log In Sign Up  

संविधानसभा बैठकमा बबन सिंह उपस्थित नहुने

dineshby dinesh
Thu Apr 24, 2008 11:26 am NST

सम्पन्न संविधानसभा निर्वाचनमा रौटहत क्षेत्र नं १ बाट विजयी बनेका काठमाडौंमा गत भाद्र १६ गते बम काण्डका नाइके बबन सिंह आफूमाथि परेको मुद्दा फिर्ता नलिएसम्म संविधानसभा बैठकमा उपस्थित नहुने भएका छन् । हाल भूमिगत रहेका उनी आफूमाथि लगाइएका मुद्दाहरु फिर्ता नलिएसम्म भूमिगत नै रहने बुझिएको छ ।

काठमाडौंमा गत भाद्र १६ गते विध्वंशकारी काण्ड मचाइ आधा दर्जन व्यक्तिका ज्यान लिने समूहका नाइके मानिएका बबन सिंह माथि हत्या बम बिस्फोट आदि गरी एक दर्जन भन्दा बढि मुद्दा लागेका छन् । नेपाल र भारतिय प्रहरीको कालो सूचीमा रहेका उनी आफू भने यी सम्पूर्ण मुद्दा झुठो भएको दावी गर्छन् ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com