Welcome, Guest Log In Sign Up  

एमालेका सबै मन्त्रीहरुद्वारा राजीनामा

rajendraby rajendra
Wed Apr 16, 2008 6:29 pm NST

नेकपा एमालेका सबै मन्त्रीहरुद्वारा आज प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासमक्ष राजीनामा प्रस्तुत गरेका छन् । संविधानसभा निर्वाचनमा अप्रत्याशित परिणाम आएपछि नेकपा एमाले वर्तमान सरकारमा नरहने पार्टी स्थायी कमिटीको निर्णय अनुसार सो राजीनामा पेश गरिएको हो ।

राजीनामा पेश गर्नुअघि आज बिहान परराष्ट्र मन्त्री सहाना प्रधानको सरकारी निवासमा एमालेका मन्त्रीहरुको बैठक बसेको थियो । बैठकपछि एमालेका तर्फबाट मन्त्री परिषदमा रहेका परराष्ट्र मन्त्री सहाना प्रधान, पर्यटन तथा नागरिक उड्डयन मन्त्री पृथ्वीसुबा गुरुङ, कृषि तथा सहकारी मन्त्री छविलाल विश्वकर्मा, सामान्य प्रशासन मन्त्री रामचन्द्र यादव, शिक्षा तथा खेलकूद मन्त्री प्रदीप नेपाल, राज्य मन्त्रीहरु मोहनिसंह राठोर र नागेन्द्रप्रसाद चौधरी गरी सात मन्त्रीहरुको हस्ताक्षर सहित प्रमसमक्ष राजीनामा बुझाइएको थियो ।

यस राजीनामा सम्बन्धमा प्रम गिरिजाप्रसाद कोइरालाले एमालेलाई पुनर्विचार गर्न आग्रह गरेका छन् ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com