Welcome, Guest Log In Sign Up  

सबैको ध्यान समानुपातिकतर्फ

rajendraby rajendra
Wed Apr 16, 2008 4:29 am NST

संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ नेकपा माओवादीको बहुमत आउने निश्चितप्रायः भइसकेपछि अब सबैको ध्यान समानुपातिक परिणामतर्फ तानिएको छ । प्रत्यक्षमाजस्तै समानुपातिकमा पनि अन्य दलहरुभन्दा माओवादी नै अग्रस्थानमा रहेको छ ।

समानुपातिकको हालसम्मको झण्डै २५ लाख मतगणना परिणाम अनुसार माओवादीको पक्षमा एकतिहाई मत खसेका छन् । यसप्रकार सिंगो संविधानसभामा नै माओवादीको वर्चश्व रहने अब निश्चित नैं भइसकेको छ । तर सिंगो संविधानसभामा बहुमत ल्याउन भने माओवादीले समानुपातिक तर्फ कूल खसेको मतको ४० प्रतिशत मत ल्याउनुपर्ने हुन्छ ।

निर्वाचन प्रणाली अनुसार प्रत्यक्षतर्फ २४० सीट रहने छन् भने समानुपातिक तर्फ ३३५ सीट रहने छन् । नयाँ बन्ने सरकारले २६ जना मनोनयन गर्नेछ । यसप्रकार जम्मा ६०१ सदस्य सम्मिलित संविधानसभामा दलहरुको स्थिति कस्तो रहने छ भने चाहिं सम्पूर्ण मतगणना परिणाम आएपछिमात्र स्पष्ट हुनेछ ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com