Welcome, Guest Log In Sign Up  

सातदलबीच गम्भीर विवाद

rajuby raju
Thu Jan 24, 2008 3:27 pm NST

स्थानीय निकाय गठन गर्ने प्रकि्रया र विधिका विषयमा सातदलबीच गम्भीर विवाद देखिएको छ । स्थानीय निकायको गठनको टुङगो लगाउन आज बस्ने भनिएको बैठक नेकपा एमालेका तर्फबाट प्रतिनिधि राजेन्द्र पाण्डे नगएपछि कार्यदलको बैठक बस्दै नबसी भोलिसम्मका लागि स्थगित भएको छ ।

सातदलको उच्चस्तरीय समन्वय समितिलाई सुझाव दिन गठन गरिएको कार्यदलमा स्थानीय निकाय गठनको प्रकि्रया र विधिका विषयमा विवाद देखिएको हो । तीन दिनअघि बसेको बैठकमा कार्यदलका संयोजनक एवं स्थानीय विकास मन्त्री देव गुरुङले सातदलको र संसदमा रहेका अन्य दलको प्रतिनिनिधि सहभागी गराएर स्थानीय निकाय संचालको प्रस्ताव गर्नु भएको थियो । तर नेकपा एमाले र नेपाल मजदुर किसान पार्टीले भने २०५४ सालमा भएको स्थानीय निकायको चुनावकै आधारमा स्थानीय निकाय गठन गर्नुपर्ने अडान राखेका थिए । सातदलबीच सहमति बन्न नसक्दा स्थानीय निकाय गठनको अन्यौल झन बढेको छ । तर कार्यदलका संयोजक देव गुरुङले भने भोलि बस्ने बैठकले यसको टुङगो लाउने दावी गर्नुभयो । सातदलको उच्च स्तरिय
समितिले स्थानीय निकाय गठनको टुङो लगाउन स्थानीय विकास मन्त्री देव गुरुङको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com