भाषा बाँचे जाति बाँच्छ श्रीकृष्ण सुलु
नेवारहरु तामाङ, गुरुङ्ग, राई, लिम्बु, थारु आदिझैं एक नश्ल वा साझा रगतका मानिसहरु सम्मिलित जाति होइनन् । नश्लका दृष्टिले नेवारहरुमा आर्यमूल, मंगोलमूल र अष्ट्रोड्रबिड मूलका मानिसहरु छन् । त्यस्तै, धर्मका हिसाबले बौद्घ, हिन्दु नेवार छन् र पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका नजितेसम्म इस्लाम र ईशाई नेवारहरु पनि थिए । नेवार भनी पहिचान हुने साझा आधार भाषा हो । नेपाल भाषा मातृभाषा हुनेहरु नै नेवार जातिका हुन् । एक समय नेपाल मण्डल खासगरी, काठमाडौं उपत्यकामा जो आए पनि यहाँका कला, संस्कृति र भाषाका प्रभावले नेवार भइजान्थे । यहाँ आएका बाहुन, क्षेत्री, मधेसी, कुमाले आदि सबै नेवार भएर गएको प्रमाण छ । त्यसैले नेवारहरु Ethnic Community होइन Linguistic Community मानिन्छ । यही यथार्थ बुझेर नेवारहरुले विशेषगरी नेपाल भाषाका महाकवि सिद्घिदास महाजुले “भाषा म्वाःसा जाति म्वाइ” अर्थात भाषा बाँचे जाति बाँच्छ भन्नु भएको हो ।
“भाषा म्वाःसा जाति म्वाइ” विराट नेपाल भाषा सम्मेलनको मौलिक नारा होइन । महाकवि सिद्घिदास महाजुको भनाइ हो । यही सच्चा नबुझेर यो विराटको नारा हो भन्ठानेर विरोधको लागि विरोध गर्नेहरुले ‘जनता म्वाःसा भाषा म्वाई’ अर्थात जनता बाँचे भाषा बाँच्छ नारा ल्याएको आरोप छ । त्यसो त ‘जनता म्वाःसा भाषा म्वाई’ वस्तुसंगत पनि देखिदैंन, यो यथार्थभन्दा धेरै पर छ । जनता बाँच्दैमा भाषा स्वतः बाँच्दैन । संसारमा हरेक दोश्रो साता एक एकवटा भन्दा भाषा लोप हुँदैछ, जनता बाँच्दा बाँच्दै पनि । नेपालमा पनि कति भाषा लोप भइसके, कति लोप हुने खतरामा छ, जनता बाँचेर पनि । जतिसुकै गलत कुरा पनि नेताले भनेकोले सही हुन्छ भन्नु पाखण्डी र सामन्ती विचार हो । सिपाहीले भन्दा अर्थ न वर्थको हुने र राजाले भन्दा महावाणी हुने सामन्ती प्रथा हो । यो प्रथा कमसेकम गणतन्त्र नेपालमा अन्त्य हुनुपर्छ ।
जातीय संघराज्यका बारे पनि धेरै चर्चा हुने गरेको छ । जातीय संघ राज्य भनेकै बहुजातीय र बहुभाषिक देशमा हुने हो । एउटै जाति र भाषा भएको देशमा हुने होइन । एउटै जाति र भाषा भएको देश जापान, कोरियामा जाति र भाषाका आधारमा संघ राज्य आवश्यक छैन र बन्दैन पनि । तर बहुभाषिक, बहुजातीय देशमा जातीय राज्य हुँदैन भन्नु कस्तो देशमा जातीय संघ राज्य हुन्छ भन्ने नबुझ्नु अज्ञानताकै परिणाम हो । संयुक्त राष्ट्रसंघले पनि जातीय अधिकार र स्वशासनको अधिकारलाई मान्यता दिएको छ । तर, देश टुक्र्याउने अधिकार दिएको छैन र दिनु पनि हुँदैन ।
जातीय संघराज्य भए पनि मुद्रा, रक्षा, यातायात, परराष्ट्र, जलविद्युत, हवाइसेवा, ठूल–ठूला सिँचाइ तथा राष्ट्रिय योजनाहरुमा केन्द्रीय राज्यकै अधिकार रहने हुनाले जातीय द्वन्द्व, आवतजावतमा खतरा आदि समस्या हुुँदैन । बरु स्थानीय स्रोत, साधनको राम्रो परिचालन, कला, संस्कृतिको संरक्षण र सम्बद्र्घन हुन्छ । अहिलेजस्तो “एक घर, दुई दलाल” र “पुर्खाले सिर्जेको सम्पत्ती, मुठीभरको डलर खेती” रोकिन्छ । कागजी प्रमाण हुँदैमा जग्गा जमिन मेरो हो भन्ने भावनाको अन्त्य हुन्छ ।
जातीय अधिकारसँगसँगै भाषिक समानता आवश्यक छ । भाषा आन्दोलनका अगुवा पद्मरत्न तुलाधरले भन्नु भएको थियो, “आन्दोलनको क्रममा म समातिएँ । हिरासतमा मेरी आमा भेट्न आउनुभयो । मेरी आमाले कुरा गर्न के थाल्नुभयो, प्रहरीले रोके, र भने– कुरा गर्ने भए नेपालीमा गर नत्र फर्की जा । मेरी आमा नेपाली जान्नु हुन्न । फेरि म आमासँग मातृभाषा बाहेक अरु भाषामा कुरा गर्न सक्दिन । आखिर आमा केही नबोली आँखावाट आँसु खसाले फर्किनुभयो ।” भाषिक समानता र जातीय अधिकार भएको भए यस्तो हुने थिएन ।
समाज वर्गीय छ । त्यसैले, साहित्य पनि वर्गीय हुन्छ भन्ने तः मुंज्याको मान्यता सही छ । तर, तःमुंज्याकै मञ्चमा राजावादी, सामन्तवादी र भाषा विरोधी साहित्यकारहरु वर्षेनी देखिनु ठूलो पहेंली बनेको छ । भाषा आन्दोलनका अगुवाहरु र प्रगतिशील लेखक, कवि, कलाकारहरु त्यति नदेखिनु अत्यन्त दुखद छ । कतै हामी भाइ फुटे गवार लुटे त भइरहेका छैनौ ? फुट गर या राज गर भन्ने र गर्नेहरु पनि जीवितै छन् । जातीय अधिकार र भाषिक समानताका लागि एक जुट भई लडौं ।
Post a reply
More Stories Like this प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेवारभाषामा संवोधन
१२ बुँदे समझदारीको मूल्याङ्कन
फेरि झापड हान्न नपरोस्
संविधान निर्माण नै शहीद दिवसको सार्थकता
होचा नेता, होचा सोच र होचिएको राजनीति
Recent Features टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन
|
|
News Feed
Archives 2011
Archives 2010
- January, 2010
- February, 2010
- March, 2010
- April, 2010
- May, 2010
- June, 2010
- July, 2010
- August, 2010
- September, 2010
- October, 2010
- November, 2010
- December, 2010
Archives 2009
- January, 2009
- February, 2009
- March, 2009
- April, 2009
- May, 2009
- June, 2009
- July, 2009
- August, 2009
- September, 2009
- October, 2009
- November, 2009
- December, 2009
Archives 2008
- January, 2008
- February, 2008
- March, 2008
- April, 2008
- May, 2008
- June, 2008
- July, 2008
- August, 2008
- September, 2008
- October, 2008
- November, 2008
- December, 2008
Community
Useful Links
|
|