Welcome, Guest Log In Sign Up  

प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेवारभाषामा संवोधन

वास्तवमा गएको न्हूदँ बेला नेवारहरु बीच आएर प्रधानमन्त्री डा। बाबुराम भट्टराईले नेवार भाषामा बोल्दाखेरी मात्र नेवारहरुले बहुभाषिक राज्यको महसुस गर्न पाए

सुरेश मानन्धर (सम्पादक, सन्ध्या टाइम्स)

नेपाल संवत ११३२ न्हूदँको उपलक्ष्यमा यसपाली खुलामाचमा भएको मुल कार्यक्रममा प्रमुख पाहुना स्वरुप आउनु भएका प्रधामन्त्री डा. बाबुराम भट्टराईले नेवाः भाषाबाट गर्नु भएको संवोधन नेवाःहरु बीच तारिफ व आलोचना दुइटै विषय भइ रहेको छ । आलोचना गरेका मध्ये केही लेखक साथीहरुले वहांले नेवाः भाषाबाट भाषण गर्नु भएको कारणले नेपाल संवत् भनेको नेवाःहरुको मात्र संवत् हो भन्ने सन्देश गयो भनी टिप्पणी गरेको पाइयो । यो वास्तवमा गहन रुपले चिन्तन गर्नुपर्ने विषय हो । प्रधानमन्त्री भट्टराईको भाषणलाई सायद अरु कतिले यही आखाले हेरेको हुन सक्छ । त्यसैले यस सवालमा हाम्रो सही दृष्टिकोण हुनु पर्ने अति आवश्यक छ । वास्तवमा हामीले भाषा समानताको सवालमा गरीआएको आन्दोलनको स्पिरिट नभुझेर यस्तो दृष्टिकोण निर्माण भएको हुनसक्छ ।

सबभन्दा पहिला त कसैले पनि नेवाः भाषाबाट संवोधन गर्दा खेरी मात्र नेवाःहरुको लागि हुन सक्दैन । त्यसमा पनि प्रधानमन्त्री जस्तो मानिसले गरेको संवोधन जुन एउटा समुदायका लागि मात्र हो भन्ने हुन नै सक्दैन । खस नेपाली भाषाले बोलेको कुरा राष्ट्रिय हुन्छ नेवाः भाषाले बोल्यो भने राष्ट्रिय हुदैन भन्ने धारणा हाम्रो दिमाग बाट निकालेर फ्याक्नु पर्दछ । प्रधानमन्त्री भट्टराईले नेवाः भाषाबाट संवोधन गरेको कारणं नेपाल संवत् नेवाःहरुको मात्र भयो भन्ने भन्नुको अर्थ नेपाल संवतलाई राष्ट्रिय संवत बनाउने हो भने वहाले खस नेपाली हे संवोधन गर्नु पर्छ भन्ने आग्रह गरेको भयो । यो हाम्रो गिदीमा अझ पनि कायम भइरहेको नोकर मानसिकता हो । हामीले त यो दावी गर्नु पर्छ कि प्रधानमन्धी होस वा कोही पनि सरकारी पदाधिकारी र राष्ट्रका नाममा संवोधन गर्ने कुनै पनि राष्ट्रि महत्वको कुरा खस नेपाली भाषाबाट मात्र होइन नेवाः भाषाबाट पनि अधिव्यक्त हुनु पर्छ । नेपाल संवत राष्ट्रिय संबत हो भन्नेका लागि खस भाषा बाट नै भन्नु पर्छ भन्ने छैन । नेवाः भाषाले बोलेर पनि नेपाल संवतलाई राष्ट्रिय संवतहो भन्नु हुन्छ । प्रधानमन्त्री खस भाषाबाट संबोधन गरेन त्यसमा अब नेपाल संवत् राष्ट्रिय संवत भएन भन्ने हो भने देशको कुनै पनि विषय राष्ट्रिय हुनको लागि खस भाषा नै प्रयोग गर्नु पर्छ भने हामीले नै भनिरहेको भयो । वास्तवमा हाम्रो आन्दोलन भनेको खस भाषा बोलेको कुरा मात्र राष्ट्रिय भएको हुदैन नेवाः भाषा बोलेको कुरा पनि राष्ट्रिय हुनु पर्छ भन्ने हो । भाषा समानताका आन्दोलन भनेको पनि यही नै हो । सबै भाषा समान हुनुपर्छ भन्ने यो आन्दोलनको मुल उदेश्य हो । यदि सबै भाषा समान हो भने एउटा भाषाले बोलेको कुरा राष्ट्रिय हुने र अर्को भाषाले बोलेको कुरा जातीय हुने हुदैन । जातीय प्रशगमा बोलेको हो भने र जुन भाषाले बोलेता पनि जातीय नै हुन्छ राष्ट्रिय प्रशंगमा बोलेको कुरा जुनसुकै भाषाले बोलेता पनि राष्ट्रिय नै हुन्छ । खस भाषाले मात्र बोल्दा राष्ट्रिय हुन्छ नेवाः भाषाले बोल्दा नेवाःहरुको मात्र हुन्छ भन्ने हामीले नै भन्ने हो भने सबै भाषा समान हुनु पर्छ भन्ने हामीले आन्दोलन गरेको अर्थ के नेपाल संवतको सवालमा प्रधानमन्त्री जुन बोल्नु भयो उक्त बोल्नका लागि वहांले नेवाः भाषा प्रयोग गर्नु भएको नेवाःहरुको लागि गर्वको कुरा हो । तर उक्तदिन भाषणमा हामीले ध्यान दिनु पर्ने भनेको वहाको भाषा होइन भाषणको कन्टेस्ट हो । वहाले नेपाल संवतलाई सरकारी क्यालेन्डरमा प्रयोग गर्ने नेपाल संवत प्रयोगगर्ने बारे एउटा आयोग गठन गर्ने नेपाल संवतका प्रवर्तक शंखधर साख्वाको नाममा एउटा प्रतिष्ठान गठन गर्ने भन्ने जुन घोषना गर्नु भयो त्यो महत्वपूर्ण हो । यो तीन वटै घोषना वहाले नेवाःहरुको लािगं मात्र गर्नु भएको होइन । यो वहांले राष्ट्रको लागि गरेको घोषना हो । नेवाः भाषाले संवोधन गरेको कारणं उक्तदिन वहांले गरेको यो घोषना राज्यले पालना गर्दिन भन्ने भन्न पाइदैन ।

प्रधानमन्त्री भट्टराई देशका सबै भाषा समान हो भन्ने पक्षवादी हो । जुन एउटा मात्र भाषा विशेष अधिकार दिएर अर्को भाषालाई दोस्रो दर्जाको भाषा बनाएर राख्ने पक्षमा हुनुहुन्न । देशको सबै भाषा र जातिलाई राज्यले सत्तामा समान अधिकार हुनुपर्छ भन्ने वहांले दश वर्षलामो जनयुद्ध गर्नुभएको हो । आफुले पहिलेदेखि राख्दै आएको यो मान्यतालाई व्यवहारमा समेत देखाउनेको लागि नै वहांले उक्तदिन नेवाःहरुले गरेको कार्यक्रममा नेवाः भाषाले नै संवोधन गर्नु भएको हो । व्यक्तिगत रुपले त वहालाई हामीले नेपाः भाषा बोल्नु पर्छ भन्ने कहिले पनि कर गर्न सक्दैन । तर एक जना प्रधानमन्त्रीको रुपमा नेवाःहरुबीच आउदा नेवाः भाषा नै बोल्नु पर्छ भन्ने आग्रह गर्ने हाम्रो अधिकार समेत हो । व्यक्तिको रुपमा वहांले खस एउटा बाहेक अरु कुनै पनि भाषा नबुझ्न सक्छ । तर प्रधानमन्त्रीको रुपमा वहांले नेपाःको सम्पूर्ण राष्ट्र भाषा बुझ्नु पर्छ उक्त भाषाबाट बोलेको कुरालाई ग्रहण गर्न सक्नु पर्छ उक्त भाषाले आफ्नो अभिव्यक्ति दिनु सक्नु पर्छ । एक बहुभाषिक मुलुकको प्रधानमन्त्रीमा हुनु पर्ने राष्ट्रिय चरित्र भनेको यहि हो । देशका सम्पूर्ण भाषा राज्यका कार्यकारी प्रधानमन्त्री बुझ्छ भन्नुको अर्थ व्यक्तिले बुझेको भन्ने होइन राज्यले बुझेको हो । राज्यले त देशमा सबै भाषाबाट बोल्नु पर्छ देशमा सबै भाषाले भनेको कुरा बुझ्नु पर्छ । यसलाई नै बहुभाषिक राज्य भन्छ । वास्तवमा भएको न्हूदँ बेला नेवाःहरुको बीच आएर प्रधानमन्त्री डा। बाबुराम भट्टराईले नेवाः भाषामा बोल्दा मात्र हामी नेवाःहरुले पहिलोपल्ट बहुभाषिक राज्य महसुस गर्न पाए । उक्तदिन डा। भट्टराइ भन्ने व्यक्तिंले नेवाः भाषा बोलेको होइन स्वयम राज्य आएर नेवाः भाषा बोलेको हो । राज्य र नेवाःभाषा बीच हराएको सम्बन्धलाई प्रधानमन्त्री डा। भट्टराईले जोडनु भएको हो । यो गौरवको कुरा मात्रहोइन ऐतिहासिक सन्दर्भ पनि हो । कति कुरमा ब्रम्हुहरुले अब ूभट्टराईले देशमा सबै भाषा संबोधन गर्न सक्लाू भनी प्रश्न राखि आएको छ । त्यसलाई हामीले जवाफ दिनुपर्छः जबसम्म वहा प्रधानमन्त्री भइराख्छ त्यतिबेलासम्म सक्नुनै पर्छ ।


Post a reply

More Stories Like this
भाषा बाँचे जाति बाँच्छ
१२ बुँदे समझदारीको मूल्याङ्कन
फेरि झापड हान्न नपरोस्
संविधान निर्माण नै शहीद दिवसको सार्थकता
होचा नेता, होचा सोच र होचिएको राजनीति

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com