Welcome, Guest Log In Sign Up  

बन्दका क्रममा पत्रकारमाथि हातपात

subhashby subhash
Thu Jan 24, 2008 9:47 am NST

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा नेपाल कम्युनिष्ट पार्टी एकीकृत तथा आठ विधार्थी संगठनहरुद्धारा गरिएको उपत्यका बन्दको समाचार संकलन गर्न गएका पत्रकारहरुमाथि विभिन्न ठाउँमा हातपात गरिएको खबर प्राप्त भएको छ ।

प्राप्त जानकारी अनुसार कार्यालय आउने क्रममा दि हिमालयन टाईम्सका पत्रकार अनन्तराज लुईटेलमाथि जडिबुटि र कोटेश्वरमा तथा पत्रकार देवान राईमाथि बानेश्वरमा अभद्र व्यवहार गरी नीजहरुका मोटरसाईकल तोडफोड गरिएका छन् । त्यस्तै बन्दका आयोजकले अन्नपूर्ण पोष्ट दैनिकका पत्रकार राजनलाल जोशीमाथि कोटेश्वरमा अभद्र व्यवहार गरी मोटरसाईकलमा क्षति पुर् याएको छ भने कान्तिपुर दैनिकका पत्रकारहरु मैना धिताल विकास थापा र माधव निर्दोष दि काठमाण्डु पोष्टका पत्रकार अन्जली सुवेदी दबाब साप्ताहिकका पत्रकार अमर भुजु तथा विभिन्न साचार माध्यमका पत्रकार तथा संस्थाका गाडीमाथि तोडफोड गरिएको छ ।

पत्रकारमाथि यसप्रकार भएको अभद्र व्यवहारको भत्सर्ना गर्दै नेपाल पत्रकार महासंघ दि हिमालयन टाईम्स शाखाले एक प्रेस विज्ञप्ति जारी गरेको छ । शाखाका अध्यक्ष इन्द्र गुरुङ्गद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ समाचार संकलनका क्रममा विभिन्न संचार माध्यममा कार्यरत पत्रकारहरुमाथि लोकतन्त्रका पक्षधरहरुबाट गरिएको उक्त असोभनीय व्यवहारले लोकतन्त्रकै धज्जी उडाएको अनुभव हामीले गरेका छौं । पत्रकारको पास देखाउँदा देखाउँदै तथा प्रेसको पहिचान दिई सवारी प्रयोग गर्दागर्दै पनि गरिएको यस्तो अभद्र व्यवहारले के को संकेत गरेको हो भन्ने कुराले शाखालाई चिन्तित तुल्याएको र प्रेस पास थुत्ने र च्यातचुत पार्ने गाडी तोडफोड गर्ने जस्ता अवान्छित कार्य गर्नेहरु प्रति छानविन गरी कडा भन्दा कडा कारबाही गर्न तथा बन्दका आयोजकहरुलाई पनि सभ्य समाजलाई सुहाउने काम मात्र गर्न आग्रह गर्दै तोडफेाड गरिएका सवारी साधनको उचित क्षतिपूर्ति दिलाउन समेत शाखाले माग गरेको छ ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com