Welcome, Guest Log In Sign Up  

पाँच स्थानमा माओवादीको विजय

dineshby dinesh
Sat Apr 12, 2008 8:17 am NST

मतगणनाको पछिल्लो विवरण अनुसार नेकपा माओवादीले हालसम्म पाँच स्थानमा विजय हासिल गरेको छ । नेकपा एमाले दुई विजयसहित दोश्रो स्थानमा रेहेको छ भने नेपाली कांग्रेस एक विजयसहित तृतिय स्थानमा रहेको छ ।

परिणाम अनुसार नेकपा माओवादीका कृष्णबहादुर महरा दाङ क्षेत्र नं ३ बाट २०४९२ मतका साथ विजय भएका छन् । त्यसैगरी नेकपा माओवादीबाट विजय हुनेहरुमा ललितपुर क्षेत्र नं ३ बाट पम्फा भुसाल (१७७८९ मत), ललितपुर क्षेत्र नं २ बाट राजभाई महर्जन (१६९६९ मत), पाल्पा क्षेत्र नं २ बाट लीला सोमाइ (१२३१० मत) र मनाङबाट देव गुरुङ (१६५२ मत) रहेका छन् ।

एमालेबाट विजय हुनेहरुमा पाल्पा ३ बाट कुलप्रसाद (७८०० मत) र मुस्ताङबाट चन्द्रबहादुर गुरुङ (२५५६ मत) रहेका छन् । नेपाली कांग्रेसबाट विजय बनेका काठमाडौं क्षेत्र नं १ बाट प्रकाशमान सिंह (१४४१५ मत) हुन् ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com