Welcome, Guest Log In Sign Up  

टेस्टट्युब बेबीका आविष्कारकको निधन

निःसन्तान दम्पतीका लागि बरदान सावित भएको टेस्टट्युब बेबी सम्बन्धी प्रविधिका प्रमुख आविष्कारक एकजना अष्ट्रेलियाली चिकित्सकको आज निधन भएको छ । लामो समयदेखि बिरामी भई सन् २००४ देखि अर्जाइमरबाट पीडित रहेका कार्लवुडको मेल्बर्नमा रहेको एक नसर्िङ होममा निधन भएको हो ।

सन् १९७० मा टेस्ट्युबबाट बच्चा जन्माउने प्रविधि भिट्रो फर्टिलाइजेशन आइभिएफ को विकास गर्न चिकित्सकको प्रमुख टोलीमा चिकित्सक वुड पनि हुनुहुन्थ्यो । वुडसहितका चिकित्सकले सन् १९७० को दशकदेखि अष्ट्रेलियाको मेलबुमको मोनास विश्वविद्यालयमा उनको नेतृत्वमा रहेका चिकित्सकहरुले गरेको खोजीपछि अष्ट्रेलियामा सन् १९८० मा पहिलो टेष्टट्युब बेबीको जन्म गराएका थिए ।

सोही प्रविधिमा आधारित रहेर विश्वमा नै निःसन्तान दम्पतीका लागि औषधिको पनि विकास गरिएको थियो ।

सोही विश्वविद्यालयका अनुसन्धाताहरुको प्रयासमा पछि विश्वकै पहिलो टेष्टट्युब बेबीको जन्म भएको थियो ।

उहाँ नै अष्ट्रेलियामा पहिलो सो बेबी जन्माउन र विश्वकै लागि नै सो प्रविधिको विकास गर्नका लागि अगुवा रहनुभएको सो विश्वविद्यालयले जनाएको छ ।


Post a reply

Recent Features
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन
कुमारी पुजामा पुर्वराजालाई जान रोक


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com