Welcome, Guest Log In Sign Up  

मुलुकभर मतदान

dineshby dinesh
Thu Apr 10, 2008 11:55 am NST

संविधानसभाका लागि आज चैत २८ गते विहान सात बजेदेखि नेपालभर मतदान भइरहेको छ । अहिले देशका विभिन्न मतदान केन्द्रहरुमा मतदाताहरुको लाम देखिएको छ ।

यस ऐतिहासिक निर्वाचनमा कुल १ करोड ७६ लाख ९ हजार ८ सय ९५ मतदातामध्ये ८८ लाख ८० हजार ३ सय ९१ पुरुष रहेका छन् भने ८७ लाख २९ हजार ५ सय ४ महिला मतदाता रहेका छन् ।

निर्वाचनमा समानुपातिक र प्रत्यक्ष सिटको लागि ५५ दलका ९ हजार ६ सय ४८ उम्मेद्वार प्रतिस्पर्धामा उत्रिएका छन् । तीमध्ये प्रत्यक्ष अन्तर्गतका २ सय ४० सिटका लागि ३ हजार ९ सय ४७ र समानुपातिक तर्फ ३ सय ३५ सिटका लागि ५ हजार ७ सय १ उम्मेद्वार रहेका छन् ।

निर्वाचनका लागि २ लाख ३४ हजार कर्मचारी खटिएका छन् भने २० हजार ८ सय ८२ मतदान केन्द्र निर्धारण गरिएका छन् ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com