Welcome, Guest Log In Sign Up  

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन निर्देशन

rajuby raju
Wed Jan 23, 2008 4:30 pm NST

सरकारले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन नेपाल आयल निगमलाई निर्देशन दिएको छ । आज बसेको मन्त्रिपरिषद्को अनौपचारिक बैठकले निगमलाई पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता लिन निर्देशन दिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले नजिकिंदो संविधानसभा चुनावलाई मध्यनजर गर्दै मुल्यवृद्धि फिर्ता लिन निर्देशन दिएको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री श्यामसुन्दर गुप्ताले बताउनुभयो ।

नेपाल आयल निगमले माघ ५ गते डिजेल मट्टितेल र ग्यासको मूल्यवृद्धि गरेको थियो । निगमले ११ सय रुपैयाँ रहेको ग्यासको भाउ बढाएर १२ सय ५० पुगेको पुर् याएको थियो । त्यस्तै एक लिटर डिजेलमा पाँच रुपैयाँ बढाएर ६१ रुपैयाँ ३९ पैसा पुर् याएको थियो भने एक लिटर मट्टितेलमा दश रुपैयाँ बढाएर ६१ रुपैयाँ पुर् याएको थियो ।

यसैबीच मूल्यबृद्धि फिर्ता लिने सरकारको निर्णयसंगै मूल्यवृद्धिको विरोधमा आज भएको उपत्यका बन्द पनि फिर्ता भएको छ । मूल्यवृद्धिविरुद्ध नेकपा एकीकृत का सवै भातृसंगठनहरुले आज उपत्यका बन्द आव्हान गरेका थिए । मूल्यवृद्धि फिर्ता लिन सरकारले आयल निगमलाई निर्देशन दिए लगत्तै दिउँसो ३ बजेदेखि फिर्ता लिएको बन्द आह्वानकर्ताले जनाएको छ । यसैगरी देशभर बिहानैदेखि भैरहेको प्रर्दशन पनि सामान्य हुँदै गएको छ ।

यसअघि पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको देशव्यापी रुपमा कडा विरोध भएको थियो । आज विहानैदेखि उपत्यकाका प्रमुख चोकहरुमा मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै विद्यार्थीहरुले प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा ठाउँठाउँमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । प्रहरीले अखिल एकीकृतका केन्द्रीय महासचिव गजेन्द्र न्यौपानेसहित २२ जनालाई पक्राउ समेत गरेको थियो । विद्यार्थीहरुले काभ्रेमा टायर बालेर अरनिको राजमार्ग अवरुद्ध पारेका थिए भने चितवनमा पनि प्रदर्शन भएको थियो । त्यसैगरी विराटनगर भैरहवा धरान इटहरी रौतहट अर्घाखाँची धादिङ नवलपरासीको अरुणखोला गैंडाकोटलगायतका क्षेत्रमा पनि विद्यार्थीहरुले आपुर्तिमन्त्रीको राजीनामा माग्दै टायर बालेर प्रर्दशन गरेका थिए । पाल्पाको तानसेन र रामेछापको मन्थलीमा पनि विद्यार्थीहरुले प्रदर्शन गरेका थिए ।

यसैगरी बिभिन्न राजनीतिक दल र संघसंगठनहरुले पनि बिज्ञप्ति निकाली मूल्यबृद्धिको विरोध गरेका थिए । राष्ट्रिय जनशक्ति पार्टी नेपाल ट्रेड युनियन महासंघ जिफन्ट नेपाल यातायात स्वतन्त्र मजदूर संगठन र नेपाल स्वरोजगार ब्यायार श्रमिक संघले पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि फिर्ता लिइ निगमभित्रको भ्रष्टाचार सार्वजनिक गर्न माग गरेको थियो ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com