Welcome, Guest Log In Sign Up  

पोखरामा लेखनाथ महोत्सव

rajuby raju
Wed Jan 23, 2008 1:11 pm NST

सात तालको सुन्दर नगरी पोखरामा लेखनाथ महोत्सव हुने भएको छ । पोखरा उपत्यकाको आर्थिक तथा सामाजिक उत्थानका लागि माघ १८ देखि २७ गतेसम्म लेखनाथ नगरपालिका वडा नम्वर १ मा महोत्सव हुने लेखनाथ उद्योग संघका अध्यक्ष वावुराम जमकट्टेलले हिजो काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी दिनुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ लेखनाथ उद्योग वाणिज्य संघ र उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले महोत्सव गर्ने भएका हुन् । महोत्सवमा कृषि मेला सुन्तला माछा मह तरकारी जैविक विविधता र खाद्य परिकारको पनि प्रदर्शनी गरिनेछ । आयोजकले महोत्सवमा ८ करोड रुपैंयाको व्यापार गर्ने लक्ष्य लिएका छन् भने ३ लाखजनाले महोत्सव अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

महोत्सवमा ३ सय स्टल राखिने भएका छन् । प्रदर्शनीका लागि आन्तरिक प्रचारप्रसार सूचना सम्प्रेषण स्वागत गेट निर्माणको काम लगभग सकिइसकेको छ । सांस्कृतिक विविधताको धनी गण्डक क्षेत्रका झाँकी र नृत्य पनि महोत्सवमा प्रस्तुत गरिने जानकारी गराइएको छ ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com