Welcome, Guest Log In Sign Up  

नेपाली मूलका दर्शन रौनियारले अमेरिकी कांग्रेसमा उमेद्वारी

aakritiby aakriti
Wed Jun 29, 2011 7:44 pm NST

अध्ययनको सिलशिलामा आज भन्दा २० बर्ष अगाडी सन् १९८८ मा अमेरिका आएका नेपाली मूलका दर्शन रौनियारले अमेरिकी संसद कांग्रेशमा डेमोक्र्याटिक पार्टीका तर्फबाट उमेद्वारी दिएका छन् । वाशिंटन राज्यको फस्ट कंग्रेसनल डिस्ट्रिकटबाट प्रतिनिधित्व गर्नेगरी उनले उम्मेदवारी घोषणा गरेका थिए ।

ओरेगन इंस्टिच्यूट अफ टेक्नोलोजीबाट विजनेस एडमिनिस्ट्रेसन बिषयमा मास्टर्स गरेका रौनियार डेमोक्रेटिक सीमा समिति अधिकारी पदमा विजयी हुनु भई कार्य गरि सकेका छन्| हाल स्नोहोमिस काउन्टि मानव अधिकार कमिशन र स्नोहोमिस काउन्टि पार्क सल्लाहाकार समितिमा सदस्य समेत रहेका रौनियार अरु विभिन्न सामाजिक संघ संस्थाहरुमा पनि संलग्न रहेका छन् |

दुई सन्तानका पिता रौनियार वाशिंटनको मा बस्दै आएका छन् | शिक्षित र सक्षम नागरिक विना राष्ट्रको भविष्य सुनिश्चि हुन्न. जीवन, स्वतन्त्रता र सुख जस्ता अमेरिकी स्वतन्त्रता का आधारभुत मान्यतालाई पुन:स्मरण गर्दै सिद्धान्तमा लागू गर्ने अनि शिक्षा र स्वास्थ्य मा राज्यको दायित्व को बिषय उठाउँदै जुन २७ २०११ बट आफ्नो चुनावी अभियानको थालनी भइसकेको छ ।


उनी अमेरिकाको कङ्ग्रेसम्यानमा आफ्नो उम्मेद्वारी दिने पहिलो नेपाली हुन् । उनको दृढ विश्वाश, लगन, अनि त्याग र सफलतामा सबै नेपाली गौरवान्वित हुनेमा कुनै सन्देह छैन ।


Post a reply

More Stories Like this
मायाको डोरीले बाँधे दीपकले सियाटललाई
भिजिट नेपाल २०११ प्रवर्द्धनका लागि सियाटलमा भव्य कार्यक्रम
जापानमा रेस्टुरेन्ट ब्यवसायीहरु सङठित
अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनका लागि न्यूयोर्क व्यस्त
जापानमा लोकतन्त्र दिवस भव्यताका साथ सम्पन्न

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com