Welcome, Guest Log In Sign Up  

मस्जिदमा बम आक्रमण : दुइको मृत्यु, दुइ घाइते

dineshby dinesh
Sun Mar 30, 2008 1:31 pm NST

विराटनगर-७ को सरौचियास्थित छोटी मस्जिदमा शनिबार राति करिब ८ बजे भएको बम विस्फोटबाट दुइ जनाको मृत्यु भएको छ भने दुइ जना सख्त घाइते भएका छन्। नेपाल 'डिफेन्स आर्मी' ले विस्फोटको जिम्मेवारी लिएको छ।

उक्त बम आक्रमणबाट मृत्यु हुनेमा विराटनगर-७ का ३१ वर्षीय फिरोज खान र सोही वडाका ३७ वर्षीय परवेज इराकी रहेका छन्। विस्फोटनमा सख्त घाइते भएपछि उपचार्रार्थ अस्पताल लग्ने क्रममा बाटोमा उनीहरूको मृत्यु भएको थियो। घटनामा परी घाइते हुनेमा सोही वडाका ३२ वर्षीय फुर्से अन्सारी र विराटनगर-१४ का २३ वर्षीय मोहम्मद अन्सारी रहेका छन्।

प्रत्यक्षदर्शीका अनुसार मस्जिदभित्र नमाज पढिरहेका बेला मोटरसाइकलमा दुइ व्यक्तिले बम प्रहार गरेर भागेका थिए ।
तनाव कम गर्न घटनापछि मोरङ प्रशासनले घटनास्थल र आसपासका सीमित क्षेत्रमा साँझ ९ बजेदेखि अनिश्चितकालीन कर्फ्यू जारी गरेको छ ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com