Welcome, Guest Log In Sign Up  

जागे नेवारहरु

dineshby dinesh
Sun Mar 30, 2008 1:17 pm NST

जातीय समस्या र अधिकारका सवालहरुलाई राजनैतिक दलहरुले सम्बोधन नगरेको भन्दै नेवार समुदायको समग्र हकहितको मूल मुद्दा बोकी नेवाः जागरण मञ्चको स्थापना गर्दै नेवारहरु जागेका छन् । शनिबार राजधानीको इटुम्बहालमा बृहत् सभा आयोजना गरी मञ्च स्थापनाको औपचारिक घोषणा गरिएको थियो ।

संस्कृतिविद् सत्यमोहन जोशी, जनकवि दुगालाल श्रेष्ठ, नेपाल भाषा मंका खलःका अध्यक्ष पद्मरत्न तुलाधर, कामना प्रकाशन समूहका अध्यक्ष तथा प्रधानसम्पादक पुष्करलाल श्रेष्ठ, नेवाः देय दबूका अध्यक्ष मल्ले के‌ सुन्दर, हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, राष्ट्रिय धावक वैकुण्ठ मानन्धर, भिक्षुणी धम्मावतीले संयुक्त रूपमा पानसमा दीप प्रज्वलन गरी मञ्चको उद्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै राजनीतिज्ञ जोगमेहरले समानुपातिक निवार्चन अन्तर्गत चौध लाख नेवारले एकै ठाउँमा मत खसालेमा ४२ जना प्रतिनिधित्व चयन गर्न सकिने बताए । त्यस्तै हास्य कलाकार मदनकृष्ण श्रेष्ठले यस मञ्चबाट नेवारहरु एक हुन सक्षम छन् भन्ने पाठ सिकाउनु पर्ने धारणा पोखे ।

संविधानसभा निर्वाचनको पूवार्द्धमा खोलिएको यस मञ्चले राजनीतिक दलहरू, राज्यका अंग र तहमा जातीय सहभागिता तथा नेतृत्वको सहभागितालाई जोडदार रूपले उठाउने नीति लिएको छ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com