Welcome, Guest Log In Sign Up  

अहिलेको झगडा देशद्रोहीहरुको भागवण्डा

दीर्घराज प्रसाई

विदेशीहरुले उचालेका नेपाली कांग्रेस एमाले माओवादीभित्रका केही दलालहरुको कारणले नेपालको अवस्था खतरनाक हुन पुगेकोछ । नेपालीहरुका आफ्ना आन्तरिक समस्याहरु त छँदैछन् । नेपालीहरु आफ्नो समस्या समाधान गर्नमा सक्षम हुँदाहुँदै पनि सँधै भारतले खोजे थापेर यहीका ददाल कथित नेताहरुलाई उचालेर नेपाललाई दुःख दिने काम गर्छ । त्यसगर्दा नेपाललाई सँधै भारतको डरछ । नेपालमा केही आन्तरिक संकट वा झगडा बढन लागेको अवस्थामा भारतले सँधै चासो राख्ने गर्दछ । अहिले माओवादी नेतृत्वको सरकारले सेनापति प्रकरणमा राजीनामा गरेपछि भारतीय हस्तक्षेपको बिरोध गर्दै माओवादीहरु चोखिनको लागि बोलेका छन् । उता भारतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने वक्तव्य प्रसारण गरेकोछ । तापनि भित्रीरुपमा भारतीय हस्तक्षेपले नयाँ स्वरुप लिएको छ । भारत सरकार कांग्रेस एमाले र रामवरणलाई उचाल्न अनेकौं हतकण्डा लागुगरिरहेको छ भने नेपाललाई आतंकित बनाउने संयन्त्रमा भारतीय गुप्तचर संस्था भने माओवादीलाई उचाल्न सशक्त छ । गिरिजा जस्ता कांग्रेसीहरु र एमालेका माधव नेपाल झलनाथ माओवादीभित्रका प्रचण्ड र बाबुराम भट्टराईहरुको बीचमा भागवण्डा नमिलेकाले आपसी भनाभन बढ्दोछ । यी सबै भारतीय दलालहरु हुन् । भने भागवण्डाको झगडा पनि उसैको नाटकीय खेल हो । यिनीहरुकै कुकृत्यका कारणले नेपालको अस्तित्व खतरामा पुगेको हो । अहिलेको झगडाले हिन्साको बाटो लिन सक्छ । यसबाट भारत पनि सुरक्षित नहुन सक्छ ।

नेपाली सेनाको विषयमा कथित राष्ट्रप्रमुख रामवरण यादवलाई बोकेर कांग्रेस एमाले र विदेशीहरुले माओवादीको निर्णय बदर गराउने कुरा अनाधिकार थियो । कांग्रेस एमाले र माओवादीहरु आ-आफ्नै पाराले नेपाली सेनालाई आफ्नो पकडमा लिन उदत्त छन् । नेपाली सेना कांग्रेस र एमालेको पनि होइन माओवादी वा कुनै पार्टीको प्यावा पनि होइन । उता माओवादीले जुन निर्णय गर् यो त्यो झन गलत थियो । हामीले बुझेसम्म नेपाली सेनाले आफ्नो इतिहास भुल्न सक्तैन देशद्रोहीसँग झुक्तैन । नेपाली सेना भनेको गलत निर्णयलाई समर्थन गर्ने दलालहरुको संस्था होइन । माओवादीले सेनाभित्र भाँडभैलो गरेर जगन्य अपराध गरेको छ । सेनालाई राजनीतिक गरेर आफ्नो प्रभूत्व जमाउने रणनीति भएको कुरा माओवादी रणनीति हो जस्को समर्थन नेपाली सेना मात्र होइन सम्पूर्ण जनताले गर्न सक्तैनन् । १ नेपाली सेनाको खाली हुन पुगेको पदपूर्ति गर्ने शिलशीला २ आठजना जर्नेलको पदावधि थपिने कुरा ३ माओवादी सेनालाई आवेशमा राष्ट्रिय खेलकुदमा सहभागी गराउन बोलाएकोमा नेपाली सेनाले बहिस्कार गर्ने भन्ने विषयमा माओवादीले निहुखोजेर प्रधानसेनापतिलाई हटाउने जुन कुकर्म गर् यो यस मानेमा रामवरण यादव भन्दा माओवादीको निर्णय खतरनाक हो । नेपाली सेनाले वैधानिकतालाई कहिले कुल्चिदैन र कुल्चेर कहिले स्थापित हुन सक्तैन । त्यस्तो गौरवमय संस्थालाई चलाएर माओवादीले साहै्र नराम्रो काम गरेको छ ।

सार्वभौम-अखण्डता र नेपाली जनताको बाँच्न पाउने नैसर्गिक अधिकारकोको रक्षार्थ सँधै सजग हुने नेपाली सेना राष्ट्र खतरामा पुग्न लागेको बेला वाह्य आक्रमणको परिस्थितिमा सरकारी पक्षले गरेको आज्ञा पालना गर्दैन भने त्यस्तोलाई मंत्रिपरिषदको सहमतिमा सेनाको ऐन अनुसार कारवाही पनि गर्न सकिन्छ । तर बीना कसुर माओवादीले आफ्नो दलगत स्वार्थको लागि सार्वभौमसत्तासँग जोडिएको शक्तिलाई चलाउँछ निहु खोज्छ भने त्यो सह्य हुनसक्ने कुरा हुन्न । त्यसैले अहिले अराजकत्ताको विजारोपण गर्नखोज्ने माओवादी र कांगे्रस र एमालेहरुले सत्ताको लागि कथित राष्ट्रप्रमुखलाई प्रयोग गरे भागवण्डाको कुचक्रमा फस्नैपर्छ । अव फेरि उनै गन्हाएका गिरिजाका दलालहरु माधव नेपाल झलनाथ सत्तामा आए भने त्यसको कसैले समर्थन गर्ने छैनन् । देश डुब्न लागेको अवस्थामा अन्तराष्ट्रिय नियम अनुसार पनि वास्तवमा अवको सत्ताको भागिदार हो नेपाली सेना । सैनिक नियम अनुसार नेपाली सेनाले राज्यलाई नियन्त्रणमा लिएर २०४७ सालको संविधानमा टेकेर यथाशिघ्र राष्ट्रिय सरकार गठन गरी शान्तिसुव्यवस्था कायम गरेर देश बचाउने कुवार्नी गर्नुपर्ने बेला आएकोछ ।

१८८० कि.मि. सीमाना जोडिएको भारत सांस्कतिक रहनसहन मिलेको नजिकको हाम्रो छिमेकी देश हो भौगोलिक हिसावले चीन केही टाढाको मानिन्छ । नेपाल र भारतीय जनता वीच कुनैं पनि प्रकारको वैरभाव नहुँदाहुँदै पनि कांग्रेस आई को नेतृत्व भएको अवस्थामा नेपाललाई सँधै दुःख दिने काम गरेको छ । जहिले पनि भारत नेपाल बारेमा चुप्प लागेर बस्दैन । अव माओवादीको घुर्की भन्दा भारतीय आक्रमण खतरनाक हुनसक्छ । किनकि माओवादी अझै भारतीय पकडबाट फुत्किन सकिरहेको छैन ।

कम्यूनिष्ट साधु बेस्या र बैस्यको राष्ट्रियता हुँदैन । यिनीहरु जता फाइदा छ उतै हिड्ने जात हो । मुखले कम्युनिष्टहरु आफूलाई राष्ट्रवादी भनेका पनि उनीहरु राष्ट्रवादी हुन्नन् । सबै को माओत्सेतुङ्ग बन्न सक्छ र माओ त सम्राज्यवादको बिरुद्ध लडेका महान सिपाई हुन् । तर नेपालका कम्युनिष्टहरु भारतीय विस्तारवादका सिपाई भएकाले यिनीहरु किमार्थ राष्ट्रवादी हुन सक्तैनन् । तर मलाई लाग्छ- माओवादी लगायत थुप्रै कम्युनिष्ट पार्टीभित्र र कांग्रेस राप्रपा र मदेशवादी पार्टी भित्रका देशभक्तहरु जो जहाँ भए पनि भारतले नेपाललाई आफ्नो छातामुनी राख्ने धृष्टताको बिरद्ध एक भएर भिड्ने काम गरौं ।

अवको समधानको बाटो हो संयुक्त राष्ट्र संघकै सहयोगमा तर इयान मार्टिन जस्ता गद्यारहरु होइनन् नेपाल भारतको सीमानामा काँडे तार वा पर्खाल लगाउने व्यवस्था नभइाजेल नेपाल सँधै भारतबाट आतंकित भइरहने छ । अहिले चीनले पनि भारतको झैं खुला सीमानाको प्रस्ताव राखेकाले भारत केही खल्बलिएको छ । वास्तवमा चीनले भारतको दमन माथिको सवक दिन खोजेको छ । चीन तथा भारत दुबै देश बीचमा मुनासिफ मात्रमा सीमाना नियन्त्रण गर्नसक्ने अन्तराष्ट्रिय नियम नेपालमा पनि लागु गरिनु पर्दछ । यसोभएमा अहिलेको नेपाल भारत बीचमा खुल्ला सीमानाबाट भइरहेका चोरी निकासी आतंककारी र ज्यानमाराहरुको आतेजाते खतरामा सुधारआई दुबै देशवीचमा राम्रो समझदारी कायम हुनसक्छ । खुल्ला सीमानालाई नियन्त्रण गर्ने काम गरिएन भने यही खुल्ला सीमानाको कारणले नेपाल र भारतमा कहिले पनि शान्ति स्थापना हुनसक्तैन । नेपालको अधिकांक्ष सीमाना मिचेको सुस्ताको १४ हजार हेक्टर भूभाग कब्जा गरिरहेको भारतीय सरकारी पक्षबाट नेपालको सीमानालाई डुबानक्षेत्रमा परिणत गराइएको सुरक्षा र सुपुर्तगी नीतिमा आलटालगर्ने र पुराना असमान संधिहरुमा पुरावोलोकन गर्न सहमतिको बातावरण सिर्जना गर्न नखोज्ने र सुगौली संधिमा गुमेका नेपालका भूभागहरु बारेमा कुनै सपष्टिकरण नदिएर हेपाहा प्रवृत्ति देखाएका कारणले गर्दा नेपाल सधै भारतको षडयन्त्रसँग शशंकितछ ।

भारतले नेपालमा प्रजातन्त्र ल्याउन सहयोग गरेको कुरालाई लिने हो भने भूटानमा प्रजातन्त्रको कुरा किन झिक्तैन प्रजातन्त्रको आवरणभित्र भारतले नेपाल माथि गरेको दमनकारी नीतिमा परिवर्तन गर्न सकेन भने भारतले धेरै जोखिम मोल्नुपर्ने दिन आउनेछ । अन्तर्राष्ट्रि्रय मान्यता अनुसार नेपाललाई पाहवहन र बाणिज्य सुबिधामा स्थायीरुपमा निर्वाधरुपले उपभोग गर्न पाउने व्यवस्थाको लागि नेपालसँग सँधै बार्गेनिङ्ग गर्ने काम किन गर्छ भारत २००७ सालमा नेपालमा प्रजातन्त्र आएता पनि नेपालमा भारतको प्रभावक्षेत्र बनाएर नेपाललाई कूँजो पार्नेे दाउ खेलेकाले त्यो बेलादेखि भारतको हस्तक्षेपको बिरोधमा नेपालका भारत विरोधी उघ्र राष्ट्रवादी शक्तिको जन्म हुन गयो र पछि यो शक्ति कम्यूनिष्ट पार्टीमा परिणत हुन गएपछि त्यसलाई भारतकै इशारामा २००८सालमा नेपालमा कम्यूनिष्ट पार्टीमाथि प्रतिवन्ध लगाइयो र पछि २०१३ सालमा श्री ५ महेन्द्रबाट प्रतिवन्धलाई फुकुवा गर्ने काम गरिएको थियो ।

२०४६ सालमा नेपालमा बहुदलीय व्यस्थाको पुनस्रथापना भइसकेपछि भारतले जवरजस्तरुपमा महाकाली संधि जस्ता विवादास्पद संझौताहरु गराएर नेपाली जनमानसको मनोवलप्रति वितिष्णित गराउने काम गर् यो भने कालापानी नेपालको भएको प्रमाणित भएपछि पनि आफ्ना भारतीय फौजहरु नहटाउनु नेपालको दक्षिण सीमाक्षेत्रहरुमा ठूला ठूला बाँधहरु निर्माण गरेर नेपालका भूभागहरुलाई डुबान क्षेत्रमा परिणत गराउनु सिमानाका खम्बाहरु सारेर दशगजा क्षेत्रलाई अलपत्र पार्नु विवादित सीमा क्षेत्रहरुमा निकाश नदिनु असल मित्रको ढोंग गरेर नेपालको उद्योग र बाणिज्य क्षेत्रलाई तहसनहस गराएर नेपाललाई एकलौटी भारतको बजार बनाएर नेपालको सार्वभौमसत्ता माथिनैं खतरा आएको कुरालाई माओवादी लगायत नेपालका पार्टीका नेताहरु किन बोल्दैनन् यस्ता अभिशापहरुबाट मुक्त नभइन्जेल जस्तोसुकै सुनका अक्षरले लेखिएको कुनै तन्त्र नेपालमा आएतापनि यो देश सुरक्षित हुनसक्तैन । फलतः इतिहास नबुझी र इतिहासमा भएका गल्तीहरु र हामीहरुबाट भएका त्रृटिहरुमा सुधार नगरी नेपालको राष्ट्रिय राजनीतिमा लाग्नु भनेको माओवादी कांग्रेस एमाले मदेसीहरुको लागि आत्महत्या गर्नु सरह हुनेछ । यो विकराल अवस्थाबाट देशलाइृ्र बचाउन देशभक्त नेपाली जनता राजनीतिक नेताहरु राष्ट्रि सेना अलादत किसान मजदुर युवा सबैले खुट्टा दरो टेकेर जुरुक्क उठ्ने बेला यही हो । सार्वभौम नेपाल रहे मात्र हामी नेपाली भएर बाँच्दछौं ।


Post a reply

More Stories Like this
महिनौं बितिसक्दा पनि प्रमुखबिहीन भएको नेपाल राष्ट्र बैंक
विद्युत प्राधिकरणलाई बचाउन कर्मचारी संगठनले अभियान
तावाबाट फुत्केको माछा भुङ्ग्रोमा
पूँजी निर्माणको एउटा अर्को स्रोत
नयाँ नेपाल : नौलो तिहार

Recent News
संसदमा लैजाने साझा संकल्प प्रस्ताव तयार गर्न सहमत
हवाई एम्बुलेन्स संचालनका लागि सहयोग जुटाउन बानेश्वरमा श्रीमद्भागवत् सप्ताह सुरु
गाउँले कुटपिट गरी एक सुराकीलाई मारेपछि प्रहरीको गोली लागी दुईको मृत्यु
जनतान्त्रिक मधेस मुक्ति टाइगर्सले सुरु गर्‍यो हत्याको सिलसिला
गृहमन्त्रीले उपल्लो मुस्ताङमा पुगि सुरक्षास्थितिबारे जानकारी लिए

Recent Features
आज मार्च ८ तारीख अर्थात अन्तराष्ट्रिय श्रमीक महिला दिवस
मारियो फेरि अर्को चितुवा
चौंरी गाईको आलो रगत पिउने मेला सुरु
आज श्रीपंचमी पर्व- राष्ट्रपतिवाट बसन्तश्रवण
कास्कीको सराङ्गकोटमा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु ४२ जना घाइते


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2010 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com