Welcome, Guest Log In Sign Up  

होलीको मेला : मूर्खहरुको भेला

safalataby safalata
Fri Mar 21, 2008 6:52 pm NST

होली पर्व मनोरंजनको पर्व हो । होलीको माहौलमा हाँस्य कवि सम्मेलन र मूर्खहरुको भेलाले यो पर्वको रन्को झन बढेको छ ।

मैथिल साहित्य परिषद्द्वारा वीरगन्जमामा यस पटक आयोजित महामूर्ख सम्मेलनमा ठाकुरराम बहुमुखी क्याम्पसका उपप्राध्यापक अवधेश कुमार झाले 'महामूर्ख शिरोमणि' पाए । लाला माधवेन्द्रजीलाई 'महामूर्ख ' र अनिल कर्णलाई 'पटमूर्ख ' को उपाधि दिइयो ।

मूर्ख सम्मेलनको सुरुवात भारतबाट भएको हो । होलीका अवसरमा भारतका विभिन्न � ाउँहरुमा यो सम्मेलन आयोजना गर्दै हाँस्य पर्वको रुपमा यो पर्व मनाउँदै आएको पाइन्छ । यता नेपालमा पनि मैथिली साहित्य परिषद्ले २०५१ देखि महामूर्ख सम्मेलनको आयोजना गर्न थालेको छ । यस सम्मेलनमा महामूर्ख, मूर्ख शिरोमणि, मूर्खाधिराज, मूर्खाधिपति, महामूर्ख र पटमूर्ख जस्ता सम्मान दिएर मनोरंजन गर्ने गरिन्छ ।

इटालीमा बोलियाकोनोन्स नामले फागु जस्तै पर्व मनाइन्छ भने चीनमा च्वेजका नामले १५ दिनसम्म होली मनाइन्छ । अमेरिकामा होबो नामले फागु पर्व मनाउने र हास्यात्मक भेषभूषा लगाई प्रतियोगिताको आयोजना गरी विजयीलाई पुरस्कृत गर्ने गरिन्छ । त्यस्तै जापान तथा इन्डोनेसियाको सुमात्रामा अन्नलाई नाचगानका साथ स्वागत गरेर मनाइन्छ भने इजिप्टमा हास्यविनोद नृत्य गीतद्वारा मनोराजन गरी मनाइन्छ । यता श्रीलङ्का इन्डोनेसियाको जाभामा आगोको पूजा म्यानमार थाइल्याण्डमा पानीको पूजा गरी भिक्षुलाई दान दिएर यो पर्व धूमधामले मनाउने गरिन्छ ।

यसरी विभिन्न � ाउँमा मनोरंजनको पर्वको रुपमा मनाउने होलीको मेलामा मूर्खहरुको भेलाले नयाँ रंग थपेको छ ।


Post a reply

Related Stories
चीर गाडेर सुरु गरियो होली पर्व
बदलिदो होली

More Stories Like this
आज फेव्रुअरी १४ सन्त भ्यालेन्टाइनको सम्झनामा फूल र उपहार साटासाट गरी विश्वभर प्रेम दिवस मनाइँदै
जिवित देवी कुमारीको जात्रा - इन्द्रजात्रा
माया प्रेमको उत्सव रंगको महोत्सव होली पर्व चीर गाडेर सुरु
३६ जना छानिए मिस नेवाः २००९ को लागि
भक्तपुरमा यौन पर्यटनको तयारी

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com