Welcome, Guest Log In Sign Up  

चुनावमा राजाले भोट हाल्न नपाउने

dineshby dinesh
Wed Mar 19, 2008 11:39 am NST

आसन्न संविधानसभा चुनावमा निलम्वित राजा ज्ञानेन्द्रले भोट हाल्न नपाउने भएका छन् । मतदाता नामावलीमा उनको साथै उनको परिवार कसैको पनि नाम समावेश भएको छैन । राजा ज्ञानेन्द्रका विवाहित सुपुत्री प्रेरणा शाहका परिवारको नाम समेत मतदाता नामावलीमा नभएको बुझिएको छ ।

यस अघि राजपरिवारका कोही पनि सदस्यहरु कहिले पनि निर्वाचनमा सहभागी भएका थिएनन् । यस पाली साधारण नागरिकका रुपमा समेत राजपरिवार निर्वाचनमा सहभागी हुन नपाउने भएका छन् ।

निर्वाचन आयोगका अधिकृत विष्णु भुसालका अनुसार राजदरवार जनताको सहज पहुँचमा नभएकोले घरघरमा गई मतदाता नामावली रुजु गर्ने स्वयम्सेवकहरु राजदरवार जान सकेनन् । यसै कारण राजपरिकारका कोही पनि सदस्यको नाम मतदाता नामावलीमा नभएको उनको भनाई छ ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com