Welcome, Guest Log In Sign Up  

राष्ट्रपति मात्र रहने, प्रम नरहने प्रस्ताव

dineshby dinesh
Sun Mar 16, 2008 12:39 pm NST

नेपाल मजदुर किसान पार्टी र मधेसी जनअधिकार फोरमले आज आआफ्ना चुनावी घोषणापत्रहरु सार्वजनिक गर्दैछन् । यी दुबै घोषणापत्रमा राष्ट्रपति मात्र रहने र प्रम नरहने प्रस्ताव गरिएका छन् ।

नेमकिपाले सम्पूर्ण कार्यकारी अधिकार राष्ट्रपतिमा हुनुपर्ने र मन्त्री नियुक्ति गर्ने अधिकार सहित सेना प्रमूख पनि राष्ट्रपति नै हुनुपर्ने प्रस्ताव गरेको छ भने फोरमले सम्पूर्ण कार्यकारी अधिकार राष्ट्रपतिमा हुनुपर्ने र राष्ट्रपतिको चयन प्रत्यक्ष निर्वाचनबाट गर्नुपर्ने प्रस्ताव गरेको छ । त्यस्तै मधेसी जनअधिकार फोरमले पहिले राख्दै आएको एक मधेस एक प्रदेश माग यस घोषणापत्रमा त्यागेको छ ।

उता रामराजाप्रसाद सिंहको नवजनवादी मोर्चा र मुस्कान सेना नेपालले पनि आजै आआफ्ना चुनावी घोषणापत्रहरु सार्वजनिक गर्दैछन् ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com