Welcome, Guest Log In Sign Up  

बालुवाटारमा भेटघाट

rnby rn
Sat Mar 15, 2008 1:12 pm NST

नेपालका लागि भारतका राजदुत शिवशंकर मुखर्जी र अनमिन प्रमुख ईयान मार्टीनले आज प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग बेग्ला बेग्लै छलफल गर्नुभएको छ । राष्ट्रसंघीय राजनीतिक मिसन अनमिन प्रमुख ईयान मार्टीनले राजनीतिक घटनाक्रम र चुनावी तयारीबारे प्रधानमन्त्रीसँग छलफल गरी बाहिरिएलगत्तै भारतीय राजदुत मुखर्जी बालुवाटार पुग्नुभएको थियो ।

मार्टिनले चुनावमा राष्ट्रसंघको थप भूमीका कस्तो हुने भन्नेबारे प्रधानमन्त्रीसँग छलफल गर्नुभएको थाहा भएको छ । नेपालको पछिल्लो अवस्थाबारे बुभन महासचिव वान की मुनले खटाउनुभएको विशेष टोली अहिले काठमाडौंमा छ । मार्टिनसँगै त्यस टोलीका सदस्यले पनि प्रधानमन्त्री कोइरालासँग छलफल गरेको छ । नेपाल भ्रमण सकेर फर्केलगत्तै टोलीले तयार पार्ने प्रतिवेदन महासचिव मुनलाई बुझाउने छ ।

अनमिनले यसैसाताबाट चुनाव अनुगमन गर्न स्थानीय तहमा चुनावविज्ञलाई खटाउने घोषणा यसअघि नै गरिसकेको छ । भारतीय राजदूत मुखर्जीले तराईको सुरक्षा र चुनावमा सीमा क्षेत्रबाट भारतले गर्नसक्ने सहयोगबारे प्रधानमन्त्री कोइरालासँग छलफल गर्नुभएको बालुवाटारस्रोतको भनाइ छ ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com