Welcome, Guest Log In Sign Up  

चीर गाडेर सुरु गरियो होली पर्व

rnby rn
Sat Mar 15, 2008 1:09 pm NST

फागु पूर्णिमा वा होली पर्वको आगमनको शुभसंकेत स्वरुप आज हनुमानढोका दरवार क्षेत्रमा विधिपूर्वक चीर गाडि होली पर्व सुरु गरियो । आज बिहान तिथि अनुसार चिल्लाथ्व अष्टमीका दिन हनुमान ढोकाको दक्षिणपट्टी बसन्तपुर ऐतिहासिक मोहनकाली चोक र दाखचोकमा ७:५३ को शुभ साइटमा चीर गाडियो ।

करिव २० फुट उचाइको बाँसका तीन खण्डे गजुर जस्तो देखिने रंगीचंगी ध्वजा सहितको चीर ठड्याएपछि हर्ष बढाईंका साथ अबिर छर्की पूजा गरिएको थियो । चीर ठड्याउन केन्द्रिय मानन्धर संघ अन्तर्गत ज्याठा र तँलाछि टोलका मानन्धरहरुको सनागु खलःका मानन्धर आएका थिए । चीर उठाएको हेर्न बसन्तपुर वरपर विदेशी तथा स्थानीयवासीको भीड लागेको थियो ।

आज सोहि साइतमा ललितपुर र भक्तपुरको दरवार क्षेत्रमा पनि विधिपूर्वक चीर गाडीएको छ । आजबाट उपत्यकामा एक हप्तासम्म होली पर्व मनाइन्छ ।


Post a reply

Related Stories
होलीको मेला : मूर्खहरुको भेला
बदलिदो होली

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com