Welcome, Guest Log In Sign Up  

तनहुँमा बस दुर्घटनामा ५ जनाको मृत्यु

rajuby raju
Wed Jan 23, 2008 1:09 pm NST

तनहुँको स्याम्घामा आज विहान भएको बस दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । स्याम्घा गाविस वडा नम्बर दुई र ६ को बीचमा पर्ने बडागाँउमा बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमध्ये बसका चालक गोपाल राइ नवराज नागिला र कविता गुरुङको सनाखत भएको छ । बाँकी दुइजनाको सनाखन हुन सकेको छैन । दुर्घटनामा ३५ जना घाइते भएका छन् । घाइतेमध्ये दशजनाकेा अवस्था गम्भीर छ । घाइतेहरुको पोखराका बिभिन्न अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । सिसाघाटबाट दमौली जाँदै गरेको ग १ ख ५८८५ नम्बरको बस स्याम्घा गाविसको बडागाउँमा पुग्दा दुर्घटना भएको थियो ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com