Welcome, Guest Log In Sign Up  

भिजिट नेपाल २०११ प्रवर्द्धनका लागि सियाटलमा भव्य कार्यक्रम

aakritiby aakriti
Thu Feb 24, 2011 2:32 pm NST

नेपाल भ्रमण वर्ष अर्थात भिजिट नेपाल २०११ को प्रवर्द्धनका लागी सं. रा. अमेरिकाको सियाटल शहरमा एउटा भब्य कार्यक्रमको आयोजना गरियो । उक्त कार्यक्रम नेपाल सियाटल सोसाईटीको आयोजनामा फेब्रुवरी २० आइतवारका दिन अमेरिकाका लागी नेपाली राजदूत डा. शंकरप्रसाद शर्माको प्रमुख आतिथ्यमा सियाटलको "द माउन्टेनर्स"मा सम्पन्न भएको थियो ।

पहिलो भागमा अन्तरक्रिया तथा दोस्रो भागमा मनोरञ्जन गरी दुई भागमा विभाजन गरी सञ्चालन गरिएको कार्यक्रममा १० घण्टा ५६ मिनेट ४६ सेकेण्डमा सागरमाथाको आरोहण गरी विश्व कृतिमान राख्न सफल आरोही लाक्पा गेलु शेर्पा तथा सगरमाथा आरोही अमेरिकी नागरिक गर्ग भेर्नोभेग सँगै अरु आरोहीहरुसँग सगरमाथा र नेपालका हिमालहरू सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको थियो । सोसाईटीका उपाध्यक्ष सम्पूर्ण प्रजापतिद्वारा सञ्चालन गरिएको कार्यक्रममा अध्यक्ष श्रीराम दाहाल, ज्योत्सना राणा लगायतका वक्ताहरुले भिजिट नेपाल २०११ को बारेमा आफ्ना मन्तव्य राख्नु भएको थियो । करीब २०० जति नेपाली तथा विदेशीहरुको सहभागीता रहेको उक्त कार्येक्रममा जलपान पछि "शेर्पाज द रियल हिरोज अफ द माउन्ट एभरेष्ट" शीर्षकको सगरमाथा सम्बन्धी वृत्तचित्र देखाइएको थियो ।

संचार नेपाल डट कम सँगको भेटघाटमा सं.रा. अमेरिकाका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माज्यूले अमेरिकाका धेरै राज्यहरुमा रहेका नेपालीहरु भिजिट नेपाल २०११ को प्रवर्द्धनका निम्ति जागरूक भएको अनि आ आफ्नो तर्फबाट कार्यक्रमहरु सञ्चालन गरिरहेको जानकारी दिनु भयो । यसै क्रममा नेपाल सियाटल सोसाईटीद्वारा आयोजना गरिएको यस प्रकारका कार्यक्रमहरुले अमेरिकाका पर्वतारोहीहरुलाई नेपाल अनि नेपालका हिमालहरु सम्बन्धी राम्रो जानकारी मिल्ने तथा भाईचारा सम्बन्ध बढ्ने हुँदा यो कार्यक्रम धेरै उपलब्धि मूलक अनि सह्रानिय भएको बताउनु भयो । त्यस्तै भिजिट नेपाल २०११ को प्रचार प्रसार अनि प्रवर्द्धनका लागि नेपाल सियाटल सोसाईटीद्वारा यो पूरा बर्ष नै कार्येक्रमहरु गर्दै जाने र नेपालका हिमालहरु तथा नेपाली कला -संस्कृतिका बारेमा जानकारी दिन सभा गोष्ठीहरु गरिदै लाने सोसाइटीका अध्यक्ष श्रीराम दाहालले संचार नेपाल डट कमलाई जानकारी दिनु भयो ।


Post a reply

More Stories Like this
नेपाली मूलका दर्शन रौनियारले अमेरिकी कांग्रेसमा उमेद्वारी
मायाको डोरीले बाँधे दीपकले सियाटललाई
जापानमा रेस्टुरेन्ट ब्यवसायीहरु सङठित
अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनका लागि न्यूयोर्क व्यस्त
जापानमा लोकतन्त्र दिवस भव्यताका साथ सम्पन्न

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com