Welcome, Guest Log In Sign Up  

आज फेव्रुअरी १४ सन्त भ्यालेन्टाइनको सम्झनामा फूल र उपहार साटासाट गरी विश्वभर प्रेम दिवस मनाइँदै

rnby rn
Mon Feb 14, 2011 2:56 pm NST

सेन्ट भेलेन्टाइनको संझनामा विश्वभर मनाइने यो दिवसमा प्रेमी-प्रेमीकाले मनपर्ने उपहार दिँदै आफनो मायाँ तथा शुभेच्छा साटासाट गर्ने गर्दछन् । एकअर्काका विपरीत धु्रब अर्थात प्रेम र युद्व । यो दिवस यस्तै सन्दर्भ र घटनासंग जोडीएको छ । प्रेममा लागेर युद्वलाई तार्न खोजेको अभियोगमा भ्यालेन्टाइन जेल र नेलसम्मको सजायं भोग्न बाध्य भएका थिए । तर जेलमै पनि उनले चौतर्फी संकटका बीच प्रेम गरे र युद्वलाई प्रेमको भावनाले जिते । इस्वी सम्बत दुई सय ६९ मा रोमका भेलेन्टाइन नामका एक पादरीको हत्या भएपछि उनलाई भाय फ्लामिनियामा राखिएको थियो । सेन्ट भेलेन्टाइन रोममा एक पुजारी थिए । त्यस समयमा रोमन सम्राट क्लाउडियस दित्तियले बिवाहलाइ प्रतिबन्द गरे । यसमा उनको तर्क थियो- विवाहित सिपाहीहरु परिवार प्रति बढि नजिक भए उनीहरुले लडाइमा सफलता पाएनन् त्यसैले अब युद्धमा प्रेमको असर देख्न नदिन विवाह माथि नै प्रतिबन्ध लगाउनुपर्छ ।

यसै सन्दर्भमा भेलेन्टाइनले प्रेमीप्रेमीकाका पिडालाई मध्यनजर गर्दै ति प्रेमीसँग गोप्य भेट गरेर उनीहरुको पिडामा मलम लगाउने काम गरेका थिए । यो कुरा शासक क्लाउडियसले थाहा पाएपछि भेलेन्टाइनलाई जेलमा राखियो । उनी थुनामा रहेकै बेला भेलेन्टाइनले सोही जेलका जेलर अस्टेरियससँग मित्रता कायम गरे । जेलर अस्टेरियसकी एक अन्धी छोरी थिइन जसले भेलेन्टाइनलाई जेलमा फलफुल खानेकुरा र सुचना ओसार्न थालिइन् । भेलेन्टाइनले यिनै महिलालाइ मन पराए र उनको मित्रता प्रेममा परिणत भयो । जेलर अस्टेरियसले आफ्नी अन्धी छोरीलाई दृष्टी दिन आग्रह गरेपछि पुजारी भेलेन्टाइनले आश्र्यजनक तरिकाले उनकी अन्धी प्रेमीकाको दृष्टी खले । केही समयपछि भेलेन्टाइलको यो कार्यबाट प्रभाभित भइ उनलाई सम्राटले आफुलाइ भेट्न आदेश दिए । सम्राटले आफ्ना केहि कुरा बदल्न आदेश दिएपनि उनले सम्राटनै बदल्न कोशिस गरिपछि अन्त्यमा मृत्युदण्ड दिइयो । भेलेन्टाइनलाइ अन्त्यमा आफ्नो अन्तीम इच्छा व्यक्त गर्न आग्रह गर्दा उनले जेलरलाई एक कागज र कलम मागे र त्यसमा उनकी प्रमीकालाई - उही तिम्रो भेलेन्टाइन भनी लेखे । त्यसपछि तत्कालीन शासकले उनको टाऊको काटेको थियो । त्यही प्रेम पुजारी भ्यालेन्टाइनको संझनामा त्यसपछि बर्षेनी प्रेमका पारखीहरुले उनलाई संझेर यो दिवस मनाउन थालेका हुन् ।


Post a reply

More Stories Like this
जिवित देवी कुमारीको जात्रा - इन्द्रजात्रा
माया प्रेमको उत्सव रंगको महोत्सव होली पर्व चीर गाडेर सुरु
३६ जना छानिए मिस नेवाः २००९ को लागि
भक्तपुरमा यौन पर्यटनको तयारी
बदलिदो होली

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com