Welcome, Guest Log In Sign Up  

मधेश आन्दोलनका ३२ जना शहिद घोषित

dineshby dinesh
Tue Mar 11, 2008 10:27 am NST

मधेश आन्दोलनमा दिवंगत भएका ३० जनालाई नेपाल सरकारले शहिद घोषणा गरेको छ । गृह मन्त्रालयद्धारा सोमवार घोषणा गरिएका शहिदहरु मध्ये २४ जना गत वर्षको तराई आन्दोलनमा र ६ जना यस वर्षको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको आन्दोलनमा मारिएका हुन् ।

त्यस्तै नेपाल सरकारले दुई प्रहरीलाई पनि शहिद घोषणा गरेको छ । शहिद घोषणा हुने प्रहरीहरुमा प्रहरी नायब निरीक्षक नरेशजंग कार्की र सशस्त्र प्रहरी बलका हवल्दार शुक्रराज माझी रहेका छन् ।

मधेश आन्दोलनका घोषित शहिदहरु यस प्रकार छन् -

राजकुमार कामत (मोरङ)
तलुहस्दा भन्ने तलु हेमरम (मोरङ)
निर्मल राजवंशी (मोरङ)
सदानन्द यादव (मोरङ)
दीनदयाल मण्डल (मोरङ)
हरि मेहता (सुनसरी)
श्यामसुन्दर मेहता (सुनसरी)
रामएकवाल राय (सर्लाही)
आशीषअली मिकरानी (सर्लाही)
रामनारायण साह (सर्लाही)
सञ्जयकुमार राय यादव (सर्लाही)
दिनेश राय यादव (सर्लाही)
महावीर साह (पर्सा)
दीपेन्द्र साह (पर्सा)
वीरवल मुखिया (पर्सा)
रमेशकुमार महतो (सिरहा)
वेचन यादव (सिरहा)
मोहम्मद अनिस (सिरहा)
प्रमोद सदाय (सिरहा)
विजयकुमार सहनी (सिरहा)
असरफ भन्ने शेखअब्दुल अनसनी (बारा)
मजिर मियाँ भन्ने मजिद महम्मद (बारा)
राजेशकुमार ठाकुर (महोत्तरी)
शिवशङ्कर यादव (धनुषा)
विष्कुट मियाँ (सुनसरी)
सम्झना राई (सिरहा)
राजेश ठाकुर (सिरहा)
जगदीश पासवान कतवारु (नवलपरासी)
गुल्टेन दास (सप्तरी)
गुल्जार खाँ (बाँके)

नेपाल प्रहरी सहिद प्रहरी नायब निरीक्षक नरेशजङ्ग कार्की (मोरङ)
सशस्त्र प्रहरी सहिद स.प्र.व. हवल्दार शुक्रलाल माझी


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com