Welcome, Guest Log In Sign Up  

अब मेशिनबाट मतदान

dineshby dinesh
Mon Mar 10, 2008 1:40 am NST

नेपालको पहिलोपल्ट मतदानका लागि मेशिन प्रयोग गरिने भएको छ । निर्वाचन आयोगले परीक्षण स्वरुप ५० हजार ३५ मतदाता र ५६ वटा मतदान केन्द्र रहेको काठमाडौं क्षेत्र नं १ मा मेशिन प्रयोग गरी विद्युतीय प्रणालीअन्तर्गत मतदान गर्ने कार्यक्रम बनाएको छ ।

यो मेशिनको प्रयोगबाट मतदान गर्न मतपत्र र मत पेटिका चाहिंदैन । विद्युतीय यन्त्रमा रहेको चिन्हमा स्वीच थिचेर मतदान गर्न सकिने छ । निर्वाचन चिन्हसँगै भएको स्वीच थिचेपछि सो चिन्हमा मतदान हुनेछ । स्वीच थिच्ने काम भने मतदान अधिकृतको नियन्त्रणमा हुनेछ ।

यो प्रणाली आगामी निर्वाचन पछि देशव्यापी रुपमा प्रयोग गरिने बताइएको छ । विद्युतीय प्रणालीबाट मतदान गर्ने यो मेशीन भारतले सहयोग स्वरुप उपलव्ध गराएको हो ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com