Welcome, Guest Log In Sign Up  

माइतीघरमा मोटरसाइकल दुर्घटना : घटनास्थल मैं मृत्यु

dineshby dinesh
Sat Mar 8, 2008 2:03 pm NST

आज बिहान करिब सात बजे काठमाडौं माइतीघरमा मिनीबस र मोटरसाइकल ठोकिंदा मोटरसाइकल चालकको घटनास्थल मैं मृत्यु भएको छ । थापाथलीबाट सिंहदरबारतर्फ आउँदै गरेको स्वयम्भु यातायातको बा २ ख १०१ नम्बरको मिनीबस र बबरमहलबाट थापाथलीतर्फ जाँदै गरेको बा २७ प ३५०० नम्बरको मोटरसाइकल आज बिहान माइतीघर चोकमा ठोकिँदा मोटरसाइकल चालक मन्जीस श्रेष्ठको मृत्यु भएको हो ।

मोटरसाइकलमा चालक श्रेष्ठसँग पछाडी एक युवति पनि रहेकी थिइन । उनी घाइते भएकी छिन् तर उनको परिचय भने खुल्न सकेको छैन । सवारी दुर्घटना पछि मिनीबस चालक फरार भएको छ ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com