Welcome, Guest Log In Sign Up  

दुर्घटनै दुर्घटना

rajuby raju
Wed Mar 5, 2008 1:53 pm NST

नुवाकोटको मदनपुर गाविस वडा नम्बर ६ को सिंगानेखोलामा आज बिहान टाटा मोवाइल गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । दुर्घटनामा अमरबहादुर सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ । त्रिशुलीबाट तरकारी लिएर काठमाडौं आउँदै गरेको बा‌ ५ च ३६०६ नम्बरको टाटा मोबाईल गाडी दुर्घटना भएको हो ।

त्यस्तै गएराति नवलपरासीमा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । नारायणघाटबाट बुटवल जाँदै गरेको बा १ ख ६९९२ को बसले मुकुन्दपुर गाविस वडा नक्बर ६ को भेडावारीमा ३५ वर्षीय शशिधर विकलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो । बसचालक ऋषिराम चौधरीलाई इलाका प्रहरी कार्यालय नवलपुरले नियन्त्रणमा लिएको छ ।

त्यसैगरी बुटवलबाट नारायणघाट आउँदै गरेको लु १ च १३६१ नम्बरको जिपले नवलपरासीको रजहरमा बा १८ प १०१० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा रजहरका देवबहादुर थापा र गोविन्द गैरे घाइते भएका छन् भने उनीहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com