Welcome, Guest Log In Sign Up  

देशविदेशका दस जनालाई नइ पुरस्कार

aakritiby aakriti
Sat Dec 18, 2010 12:14 pm NST

नइ प्रकाशनले विविध क्षेत्रमा समर्पित भई आआफ्ना ठाउँबाट प्रतिष्ठा आर्जन गर्ने राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रका दस जना महानुभावहरूलाई २०६७ सालको नइ पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको साधारणसभाले सो निर्णय गरेको हो ।

नइ प्रकाशनले नइ चन्द्रधन पुरस्कार बाग्लुङका अखण्डज्योति बाबा श्री मुक्तिनाथ पिठाधिश्वरस्वामी कमलनयनाचार्यलाई धर्मसंस्कृतिको सम्बर्धन, संरक्षण र जागरणमा समर्पित भएवापत समर्पण गर्ने निर्णय गरेको छ ।

यसै गरी नइ रामलक्ष्मी पुरस्कार मानव यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको सङ्गठन र सेवामा राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएबापत तेस्रो लिङ्गी काठामाडौंकी श्री मनीषा विष्टलाई प्रदान गरिने भएको छ । नेपालको राष्ट्रिय अखण्डता र स्वतन्त्रता विषयक चिन्तनका लागि प्रदान गरिने नइ कीर्तिनिधि पुरस्कार ताप्लेजुङका प्रा.डा. सुरेन्द्र के.सी.लाई प्रदान गर्ने प्रदान गर्ने निर्णय भएको छ ।

त्यस्तै बैतडीका प्रा.डा.महादेव अवस्थीलाई समालोचना र अन्वेषणका क्षेत्रको नइ ईश्वर बराल पुरस्कार प्रदान गरिने भएको छ । साथै सुनसरीका गिरिराज आचार्यलाई सृजना र सङ्गठनबाट नेपाली भाषासाहित्यको श्रवृद्धिमा योगदान पुर्याएवापत नइ भाजप पुरस्कार प्रदान गरिने भएको छ ।

त्यसैगरी कास्कीका श्री प्रकट पगेनी शिवलाई गीत लेखन, अभिनय र चित्रकलाका लागि नइ ईश्वरवल्लभ पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । काठमाडौंकी श्रीमती बाबा बस्नेतलाई नेपाली भाषासाहित्यमा एकपछि अर्को उत्कृष्ट कृतिहरु सृजना गरेवापत नइ रेखा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

खोटाङका श्री धीरज राईलाई स्वरका माध्यमबाट देशदेशान्तरमा नेपाली भाषाको महिमा वढाएवापत नइ कोइलीदेवी पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । त्यसैगरी वैदेशिक रोजगारमा रहेर नेपाली भाषासाहित्यमा रचना गर्ने इजरायलका श्रीमती दीव्स शाहको 'आगो' कवितासङ्ग्रह र श्रीमती उमा सुवेदीको 'तप्कीएर अँजुलीमा' गजलसङ्ग्रहलाई नइ गणेशदुर्गा पुरस्कार संयुक्त रुपमा प्रदान निर्णय गरेको जानकारी नइ प्रकाशनका सदस्य सचिव दीर्घराज प्रसाईंद्वारा प्रेषित वक्तव्यमा उल्लेख छ ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
बिष्णु सक्वको निधन
कुमारी पुजामा पुर्वराजालाई जान रोक


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com