Welcome, Guest Log In Sign Up  

जापानमा लोकतन्त्र दिवस भव्यताका साथ सम्पन्न

सुनिल कुमार शाक्य

नेपाली राजदुतावास जापानले अप्रिल २६ तारेख आइतवारका दिन तेस्रो लोकतन्त्र दिवसको अवसरमा मेगुरो कु स्थित नेपाली राजदुतावासको नयाँ भवनको सभाकक्षमा एक समारोह आयोजना गरी लोकतन्त्र दिवस भव्यताका साथ मनाएको छ ।

नेपाली राजदुतावासका महामहिम राजदुत गणेश योन्जन तामाङले नयाँ भवनमा स्वागत गर्दै जनआन्दोलनबाट प्राप्त लोकतन्त्रलाई जोगाउँदै , लोकतान्त्रिक अभ्यासबाट देशमा शान्ति, सुरक्षा, राजनीतिक स्थिरता, आर्थिक सम्पन्नताका लागि सबैले आ-आफ्नो स्थानबाट योगदान दिनु पर्ने कुरामा जोड दिनु भएको थियो । लोकतन्त्र आउँदैमा जनताको मौलिक हक, अधिकार सुरक्षित नहुने कुरामा जोड दिंदै गैर आवासीय नेपालीहरुको भावनालाई समेटेर नेपाली राजदुतावासले विदेशमा रहेका नेपालीहरुको समस्यालाई सरल र सहज रुपमा समाधान गर्न पुरा सहयोग गर्ने कुरा बताउनु भएको थियो । बुद्ध जन्मेको देश नेपालको लुम्बिनी हो भनेर चिनाउन जापानमा बुद्ध जयन्तीको अवसरमा र्यालि ,गोस्थी तथा बिभिन्न कार्यक्रमको आयोजना गरी जापानीहरुलाई चिनाउन जापानका सम्पूर्ण संघ संस्थाहरुलाई तामाङज्यु ले आग्रह गर्नु भएको छ ।

राजदुतज्युले बोल्नुभएको नेपाली भाषालाई जिज्ञान थापाले बदो कुशलताका साथ जापानी भाषामा अनुवाद गरिदिनु भएको थियो ।

सो कार्यक्रममा गैरआवासीय नेपाली संघका भवन भत्त , Icc NRN का किरण बिक्रम थापा भु।पु । जनसंपर्क समितिका अध्य्क्ष महेश कुमार श्रेष्ठ ,गनतान्त्रिक मोर्चा जापानका महासचिब हरी थापा तथा पदाधिकारीहरु ,नेकपा एमाले का भात्री संगठनका पदाधिकारीहरु , NRN का उपाध्य्क्ष रोशन केशी तथा पदाधिकारीहरु,समुद्रपारी दत कम का प्रधान सम्पादक तिलक मल्ल ,नेपाल जापान दत कम का प्रधान सम्पादक कुमार बस्नेत ,नेवा: जागरण मंच जापान का अध्यक्ष सुनिल कुमार शाक्य तथा पदाधिकारीहरु, नेवा:अन्तेर्‍ास्त्रिय फोरुम जापानका अध्यक्ष ज्ञानु मानन्धर, नेपाल जनजाती महासंघ जापानका अध्यक्ष ओम गुरुङ, महा सचिब दा दिनेश मानन्धर तथा पदाधिकारीहरु, तमुधि जापानका अध्य्क्ष दिनेश गुरुङ, शान्ती तथा ब्लोन, थकाली समाजका शरद शेरचन, साझा संयन्त्रका संयोजक मेघ राज नेपाल का साथै विभिन्न संघ/संस्थाका प्रतिनिधिहरु, व्यवसायी तथा विद्यार्थीहरुको पनि सहभागिता रहेको थियो ।

उक्त कार्यक्रमको सञ्चालन राजदुताबासका मिनिस्टर काउन्सेलर दुर्गा बहादुर सुबेदीले गर्नु भएको थियो ।


Post a reply

More Stories Like this
नेपाली मूलका दर्शन रौनियारले अमेरिकी कांग्रेसमा उमेद्वारी
मायाको डोरीले बाँधे दीपकले सियाटललाई
भिजिट नेपाल २०११ प्रवर्द्धनका लागि सियाटलमा भव्य कार्यक्रम
जापानमा रेस्टुरेन्ट ब्यवसायीहरु सङठित
अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनका लागि न्यूयोर्क व्यस्त

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com