Welcome, Guest Log In Sign Up  

आयो नयाँ चुनाव प्रचार शैली

rajuby raju
Wed Mar 5, 2008 1:50 pm NST

संविधानसभा चुनावको मिति नजिकिँदै आएपछि दलहरु औपचारिक रुपमै चुनावी प्रचारमा होमिएका छन् । आ-आफ्ना पार्टीका उम्मेद्वार लिएर घरदैलोमा हिँड्न सुरु गरेका दलहरुले चुनाव प्रचारको पनि नयाँ-नयाँ शैली अपनाउन थालेका छन् ।

यसै क्रममा नेकपा माओवादीले काठमाडौंमा चुनाव प्रचारको नयाँ शैली अपनाएको छ । माओवादीले आज बिहान काठमाडौकों क्षेत्र नम्बर एक अन्तर्गत अनामनगर क्षेत्रमा पंचेबाजा र नाचगानसहित आफ्ना उम्मेदवारलाई अघि लगाएर घरदैलो अभियान चलाएको थियो ।

तराई समस्याको समाधानसँगै जिल्ला-जिल्लामा पनि दलहरु चुनावी कार्यक्रममा जुटेका छन् । यसै क्रममा लमजुङमा दलहरु चुनावी प्रचार अभियान लिएर गाउँगाउँ जाने भएका छन् । नेकपा एमालेले लोकतान्त्रिक गणतन्त्रका पक्षधरलाई जिताउन आह्वान गर्दै लमजुङका घर-घरमा निम्तो कार्ड पठाउने भएको छ ।

त्यसैगरी नेपाली कांग्रेसले एक हजार सात सय ३० जनाको चुनाव प्रचार प्रसार समिति गठन गरेको छ । कांग्रेसले सम्पूर्ण शक्ति चुनावमा केन्द्रित गर्ने निर्णय गरेको छ । त्यस्तै माओवादी पनि उम्मेदवारसहित जनमुखी गणतन्त्र विजयी अभियान लिएर गाउँगाउँमा पुगेको छ । जनमोर्चा नेपालले पनि चुनावी प्रचार प्रसारका लागि गाउँगाउँ जाने निर्णय गरेको छ । पाल्पामा पनि दलका नेताहरु चुनावी प्रचारमा गाउँ गाउँ पुगेका छन् । यसैबीच पाल्पामा निर्वाचन आयोगले दलहरुलाई सार्वजनिक स्थानमा लेखिएका भित्तेलेखन तत्काल मेट्न र तुल ब्यानर हटाउन आग्रह गरेको छ । आयोगले चुनाबी मैदानमा उत्रिएका सबै दललाई बोलाएर आचारसंहिता पालना गर्न अनुरोध गर्दै भित्तेलेखन तत्काल नमेटे आफै मेट्ने र त्यसको बिल सम्बन्धित दलबाटै भराउने निर्णय गरेको छ ।

त्यस्तै महिला तथा बाल उत्थान मंच मकवानपुरले चुनावका लागि नागरिकलाई सचेत पार्ने उद्देश्यले गाउँगाउँमा सचेतना कार्यक्रम साचालन गरेको छ । कारितास नेपालको आर्थिक सहयोगमा मकवानपुरको हाँडीखोला हर्नामाडी मनहरी बसामाडी र हटिया गाविसमा संविधान सभा सम्बन्धी पुनर्ताजगी तालिम अभियान थालिएको छ ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com