Welcome, Guest Log In Sign Up  

महाशिवरात्रीमा बाबाहरुको चहलपहल

rajuby raju
Wed Mar 5, 2008 1:48 pm NST

महाशिवरात्री पर्व नजिकिँदै गर्दा अहिले काठमाडौंमा शिवभक्त बाबाहरुको चहलपहल पनि बढेको छ । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्री पर्वमा १० हजार साधु सन्त र नांगाबाबा आउने र १० लाख भक्तजनले दर्शन गर्ने अनुमान गरेको छ ।

पर्यटन मन्त्रालयले शिवरात्रीलाई व्यवस्थित गर्न पर्यटनमन्त्री पृथ्वी सुब्वा गुरुङको अध्यक्षतामा एक हजार एक सदस्यीय मूल समारोह समिति गठन गरेको छ । त्यसैगरी विभिन्न उपसमिति पनि गठन गरिएका छन् । कोषले हिजो काठमाडौंमा पत्रकार सम्मेलन गरी भक्तजनलाई निःशुल्क भोजनको समेत व्यवस्था गरिएको जानकारी गराएको छ । कोषले मन्दिर क्षेत्रमा क्यामेरा टेपरेकर्डर र मोवाइल फोन लान रोक लगाएको छ ।

शिवरात्रीमा भक्तजनको सुरक्षा जनपथ र सशस्त्र प्रहरीले गर्ने भएका छन् भने दर्शनार्थीको सुरक्षा र सुविधाका लागि आवासस्थल र दर्शनमार्गमा सुरक्षा पोष्ट पनि राखिने भएको छ । त्यसैगरी यातायात व्यवस्थापनको जिम्मा महानगरीय ट्राफिक प्रहरी कार्यालयले लिएको छ । पर्व अवधिभर नेपाल स्काउट तथा विभिन्न स्वयमसेवी संघसंस्था पनि परिचालित हुने बताइएको छ ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com