Welcome, Guest Log In Sign Up  

सर एडमण्ड हिलारीको अन्त्येष्टि

rajuby raju
Tue Jan 22, 2008 2:56 pm NST

विश्वको सर्वोच्च शिखर सगरमाथाका पहिलो आरोही मध्ये एक न्यूजिल्याण्डका सर एडमण्ड हिलारीको आज राजकीय सम्मानका साथ उहाँको गृहनगर अकल्याण्डमा रहेको सेन्ट मेरिज गिर्जाघरमा अन्त्येष्टि गरिएको छ । अन्त्येष्टिमा न्यूजिल्याण्डका प्रधानमन्त्री हेलेन क्लार्क सहित विश्वका विभिन्न भागबाट अकल्याण्ड पुगेका ५ सय भन्दा बढी विशिष्ट अतिथिहरुको पनि उपस्थिति थियो ।

हिलारीसँगै सफलतापूर्वक सगरमाथा आरोहण गरेका नेपालका स्वर्गिय तेन्जीङ नोर्गे शेर्पाका छोरा नोर्बु तेन्जिङ नोर्गे पनि अन्त्येष्टिमा सहभागी हुनुभयो । नेपाल सरकारको प्रतिनिधित्व गर्दै परराष्ट्र सचिव ज्ञानचन्द्र आचार्य पनि हिलारीको अन्त्येष्टिमा सहभागी हुनभएको छ । अन्त्येष्टिअघिको शोक सभामा न्यूजिल्याण्डका प्रधानमन्त्री हेलेन क्लार्कले हिलारी न्यूजिल्याण्डका राष्ट्र नायक भएको बताउनुभयो । स्वर्गिय तेन्जीङ नोर्गे शेर्पाका छोरा नोर्बु तेन्जिङ नोर्गेले हिलारीको निधनबाट नेपालको शेर्पा समुदाय टुहुरो भएको बताउनुभयो । सगरमाथा आरोहण गरिसकेका हिलारीका छोरा पिटर हिलारीले साहसिक कार्य अब हिलारी परिवारका लागि अनिवार्य भएको बताउनुभयो ।

हिलारीको ८८ वर्षको उमेरमा हृदयघातका कारण गत पौष २७ गते अकल्याण्डमा निधन भएको थियो । सन् १९५३ मे २९ का दिन नेपाली पर्वतारोही तेन्जीङ नोर्गे शेर्पा संगै हिलारीले ८८४८ मीटर अग्लो सगरमाथाको सफलतापूर्वक आरोहण गरेका थिए । हिलारीको अधिकांश समय र उर्जा नेपालको दुर्गम हिमाली भेगको बिकाश कार्यमै बित्यो । न्युजिल्याण्डबासीमा´ निकै लोकप्रिय हिलारिको फोटो न्युजील्याण्डको पाँच डलरको नोटमा अंकित गरिएको छ । उहाँले स्थापना गर्नु भएको हिमालयन् ट्रष्टलॆ हिमाली क्षेत्रको विकासका लागि लगातार काम गर्दै आएको छ । अस्पताल झोलुङ्गे पुल बिद्यालय स्थापनका लागि हिमलायन ट्रष्ट अहिले विश्वमै लोकप्रिय मानिन्छ ।

सन् १९८५ मा उहाँलाइ नेपाल भारत तथा बंगलादेशमा न्युजिल्याण्डको राजदुत नियुक्त गरि पठाइएको थियो । सगरमाथा आरोहणको स्वर्ण जयन्तीको अवसरमा ५ वर्ष अघि हिलारीलाई बग्गीमा राखेर राजधानी परिक्रमा गराई नागरिक अभिनन्द गर्दै नेपालको मानार्थ नागरिकता पनि प्रदान गरिएको थियो ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com