Welcome, Guest Log In Sign Up  

अनमिनको हेलिकोप्टर दुर्घटना : १२ को मृत्यु

dineshby dinesh
Mon Mar 3, 2008 10:01 pm NST

संयुक्त राष्ट संघीय राजनैतिक मीसन अनमिनको हेलिकोप्टर आज अपरान्ह रामेछापमा बेथानमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा सबैको मृत्यु भएको छ ।

उक्त हेलिकोप्टरमा चालक दलका ३ सहित १२ जना सवार रहेकोमा १० जनाको शव क्षत विक्षत अवस्थामा फेला परेको छ । उद्धारमा संलग्न सुरक्षाकर्मीकाअनुसार मृतकहरुमा हालसम्म पाइलट भीमबहादुर गुरुङको मात्र सनाखत भएको छ भने अन्यको परिचय खुल्न सकेको छैन ।

स्थानिय प्रत्यक्षदर्शीकाअनुसार साँझ ६:३० बजेसम्म हेलिकोप्टरमा आगो बलिरहेको थियो । दुर्घटना करिव अपरान्ह करिव ४ बजेतिर भएको थियो । हेलिकोप्टर सिन्धुली जिल्लाको दूधौली क्याम्पबाट काठमाडौं आईरहेको थियो ।

उद्वारको लागि सुरक्षाकर्मी खटाइएको बताइएको छ । दुर्घटनाको विस्तृत विवरण प्राप्त भईसकेको छैन ।


Post a reply

Related Stories
अनमिनका इन्जिनियरद्धारा आत्महत्या

Recent News
बागलुङमा चोरी गर्ने सार्वजनिक
दुर्घटनामा एकको मृत्यु, सडक अवरुद्ध
विद्यार्थि र अभिभावकले मनाए तिज विशेष
एक व्यक्ति मृत अवस्थामा फेला
शुक्रबार सार्वजनिक विदा दिने सरकारको निर्णय

Recent Features
मिस लिटिल नेवाः २०१० को ट्यालेन्ट सो सम्पन्न
काठमाडौको बसुन्धरामा कार वम विष्फोट
नेपाली काँग्रेसद्बारा प्रस्तावित नयाँ नेपालको संविधानको खाका
सरकाले बैशाख ११ गते भब्य रुपमा लोतन्त्र दिवस मनाइंदै
आज मार्च ८ तारीख अर्थात अन्तराष्ट्रिय श्रमीक महिला दिवस


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2010 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com