Welcome, Guest Log In Sign Up  

झापाको शरणार्थी शिविरमा आगो : १२ हजार विस्थापित

dineshby dinesh
Mon Mar 3, 2008 6:01 am NST

झापा गोलधापको भुटानी शरणार्थी शिविरमा शनिवार आग्लागी भएपछि १२ हजार भन्दा बढि मानिसहरु विस्थापित भएका छन् । शरणार्थी शिविरमा भएका १५५० छाप्रा मध्ये १३०० छाप्राहरु जलेर खरानी भएपछि शरणार्थीहरु वासरहित भएका छन् । आग्लागीको कारण अझै अज्ञात रहेको छ ।

शिविरका छाप्रा आगोले नष्ट पारेता पनि केही व्यक्तिहरु मात्र गम्भीर घाइते भएको बुझिएको छ । घटना पछि करिव ५०० को संख्यामा पालको साथै आवश्यक राहत सामग्री पुर्याइएको गृहमन्त्रालयका प्रवक्ता मोधराज डोटेलले जानकारी गराएका छन् ।

सन् १९९० देखि करिव १ लाख ६ हजार भुटानी शरणार्थीहरु संयुक्त राष्ट संघद्धारा संचालित शरणार्थी शिविरमा बस्दै आएका थिए । यी मध्ये सन् १९९१ र १९९३ को बीचदेखि दसौं हजार शरणार्थीहरु नेपालको सीमा पारगरी भारतमा बसोबास गरीरहेका छन् । यसैबीच ६० हजार भुटानी शरणार्थीहरुलाई अमेरिकामा स्थायी बसोबासको लागि प्रकृया पनि सुरु भइसकेको छ ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com